Mon. Mar 25th, 2019

हजारौँ सुभेच्छुकको साथ सलामी सहित यसरि गरियो प्रदेश सांसद वलीको अन्तिम बिदाई (फोटो फिचर )

काठमाडौँ। प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको अन्तिम बिदाई गरिएको छ। उनको अन्त्यष्टिमा हजारौको संख्यामा नेता ,कार्यकर्ता तथा सुभेच्छुकको सहभागिता रहेको थियो। उनको पार्थिब शरीरलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय धुम्बाराहीमा राखीएको थियो। श्रद्धाञ्जलि सभा मा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो । नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपङ्क्तिप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वर्गीय वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भएको थियो । विसं २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा (एमाले)तर्फबाट वली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

केही दिनअघि सवारी दुर्घटनामा परी घाइते हुनुभएका प्रदेश सांसद वलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य बामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । उनको बिदाईमा नेपाल प्रहरीको टोलीले सलामी समेत अर्पण गरेको थियो । हेर्नुहोस तस्बिरमा उनको अन्तिम बिदाई :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *