Mon. Mar 25th, 2019

सडक दुर्घटनामा परि दिबंगत सांसद वलीको सम्झनामा ‘सडक सुरक्षा योजना’ लागू गरिने

दाङ। दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको अन्तेष्टि गरिएको छ।उनको दाङ दंगीशरण गाउँपालिका वडा नं ६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो। सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यस्तै उनको शरीरलाई शोक सलामी पनि पनि प्रदान गरिएको थियो।

अन्तिम श्रद्धाञ्जली दिन प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीलगायत दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *