Mon. Mar 25th, 2019

पर्यटन क्षेत्रले यसरी सम्झियो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारी सहित ७ जनालाई (भिडियो सहित)

काठमाडौं । पर्यटन सम्बद्द संघ – संस्थाहरुले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरी उनीहरुको योगदानलाई सम्झना गरेका छन । नेपाल पर्यटन बोर्डमा शुक्रबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्न एक कार्यक्रम आयोजना गरी संयुक्त श्रद्धाञ्जली सभा गरीएको थियो ।

कार्यक्रममा बनमन्त्री शक्ति बस्नेत, टान अध्यक्ष नवराज दाहाल,नाट्टा अध्यक्ष सिएन पाण्डे,पर्यटन सचिब सहित पर्यटन सम्बद्द संघ – संस्थाहरु तथा व्यावसायीहरुको सहभागिता रहेको थियो ।

फाल्गुण १५ गते ताप्लेजुङ जिल्लाको फुङलिङ स्थित सिस्नेभिरमा भएको एयर डाईनेष्टि हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृतिक,पर्यटन तथा नागारिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, बरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, एयर डाईनेष्टिका पाइलट प्रभाकर केसी र अंगरक्षक अर्जुनकुमार घिमिरेको दुखद् निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *