किन हुन्छ हर्ट एट्याक ? यस्ता छन बच्ने उपाहरु



हरेक वर्ष मुटु रोगीहरुको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले नेपालमा झण्डै २४ देखि २५ लाख मानिसहरुमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । विश्वमा भने एक वर्षमा दुई अर्ब मानिसहरु मुटु रोग वा हृदयघातका कारण मृत्यु हुने गरेको छ ।

हृदयघाका दश लक्षणहरुः
१. छातीको बीचभागमा दुख्ने, गह्रौ चिजले थिचे जस्तो, छाति बसिए नस्तो हुने
२. छातिको दुखाई बायाँ हाततिर सर्नु
३. पेटको बीचमा अत्याधिक दुखाई हुनु
४. चिटचिट पसिना आउनु
५. वाकवाकी लाग्नु तथा बान्ता हुनु
६. डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु
७. विशेष गरी मधुमेहका रोगी तथा वृद्धाहरुलाई अचानक असहज तथा स्वाँ स्वाँ हुनु
८. वृद्धाले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु
९. थोरै गतिविधि गर्दा पनि असहज र थकाई लाग्नु
१०. महिला, वृद्ध र मधुमेहका रोगीमा हृदयघातको लक्षण अलि फरक हुने भएकोले हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ

हृदयद्धातबाट बच्ने दश प्रमुख तरिकाहरुः
१. चुरोट र मदिराको सेवन पूर्णरुपमा बन्द गर्न
२. कोलेष्टेरोल नियन्त्रण
३. रक्तचापलाई नियन्त्रण्नमा
४. मधुमेहको उचित उपचार
५. तौललाई नियन्त्रणमा
६. स्वस्थ आहाराको सेवन (फलफुल, सागसब्जी बढी मात्रामा सेवन)
७. मानसिक तनाव र रिस कम
८. प्रदुषणबाट बच्नु
९. दैनिक आधा घण्टा हिड्डुल
१०. चिकित्सकको सल्लाह अनुसार एस्पैीन र कालेष्टेरोलको औषधी प्रयोग गर्ने

ताजा अपडेट