बधाई ! स्वतन्त्र मधेश गठबन्धन र संयोजक चन्द्रकान्त (सिके) राउतलाई



किन एकपक्षीय मात्र बधाई ?
आम नागरिकको अभिभावक सरकार । स्वतन्त्र मधेश गठबन्धनमा संलग्न सय, हजार, लाख वा करोड कति हुन् थाहा छैन त्यतिका अभिभावक चन्द्रकान्त राउत । हिजो २०७५ साल फागुन २४ गते गरिएको दुई अभिभावकबीच भएको सम्झौतामा उल्लेखित हरेक बूँदाका शब्दभाव र अर्थले आजैदेखि स्वतन्त्र मधेशको माग र उक्त माग राखेर क्रियाशील समूले बैधानिकता प्राप्त गरेकाछन् । त्यति मात्र होइन उक्त समूह अव पूर्ण रुपमा अन्य राजनीतिक दल सरहको हैसियतमा रहनेछन् । अवदेखि भूमिगत रुपमा स्वतन्त्र मधेशको माग होइन खुल्ला र स्वतन्त्ररुपमा राख्न पाउने अधिकार सुरक्षित गर्ने अभिभावक सीके राउत बधाईका पात्र ठहरिए । सफल भए । आम जनसमुदायका अभिभावक मानिएको सरकारलाई बधाई दिनमिल्ने कुनै बूँदा र शब्द देखिएन । तसर्थ एकपक्षीयरुपमा बधाईका पात्र ठहरिए चन्द्रकान्त !

निचोड
कानुनको विद्यार्थी त होइन तर संविधानले स्वतन्त्र राज्य माग गर्ने अधिकार दिएको जस्तो लाग्दैन । आगामी आम निर्वाचनसम्म भरसक सोभन्दा अघिनै अकल्पनीय शक्ति उदयीमान हुने निश्चित छ । स्वतन्त्र मधेशका समूह जस्ले अव निर्धक्क रुपमा आफ्ना माग राखेर जतिसक्दो छिटो आफ्ना माग पूरा गर्ने अधिकार प्राप्त समूहमा दर्द भए ।

ताजा अपडेट