Mon. Mar 25th, 2019

सरकारले सिके राउतलाई हिरो बनाएर ‘स्वतन्त्र मधेश ’ र पृथकताबादलाई स्वीकार्याे : भिम रावल (अन्तर्वार्ता )

नेकपाका प्रभावशालि नेता भिम रावलसँग सरकार र सिके राउतबीच भएको सम्झौताको बिषयमा लाल्टिन खबरले गरेको कुराकानिको सम्पादित अंश  :

सम्झौताले नेकपामा तरङ्ग ल्यायो भनिन्छ नि ?

यो सब एक्कासी भयो । पार्टिमा नै जानकारी नदिईएको अबश्था थियो । सहमतिको समय र प्रकृयामाथि प्रश्न उठेको हो । प्रश्न उठ्नु स्वभाविक पनि छ । यसमा प्रयोग भएका भाषा र राउतले गरेका प्रतिबद्दतामा धेरै अन्तराल देखिएको यसले पार्टिमा असन्तुष्टी देखिएको हो ।

सम्झौताबारे पार्टिमा छलफल भएकै थिएन ?

यसबारे पार्टिमा छलफल र्नै भएको थिएन । छलफल गरेर अगााडी बढाउनुपर्ने बिषय समेतमा पार्टिका सामान्य मुल्य मान्यतालाई नै बेबास्था गरेर यस्तो सहमति गरीएको छ । पार्टि अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले यसबारे पार्टिभित्र जानकारी नगराएको र सहमति गरीसकेपछि मात्र अकस्मात सचिवालय बैठकमा सहमतिपत्र पेस गरीएको थियो । यसबारे पार्टिका कुनै नेतालाई जानकारी नै नभएकाले यो सकहति कसले के का लागि ग¥यो ,सहमति पत्र कस्ले तयार पा¥यो भन्नेमा नै स्पष्ट छैन ।

यत्रो सहमतिपछि स्वतन्त्र मधेशको माग छाडेर आँउदा पनि सिके राउतको प्रतिबद्दतामा प्रश्न उठाईयो नि ?

सिके राउतले बिगतका गतिबिधिप्रति प्रायश्चित र अब त्यसो नगर्ने भन्ने शब्द प्रयोग गरेका छैनन । त्यसो त सहमतिका बुँदामा समेत स्पष्ट देखिँदैन । सिके राउतले सम्बोधनमा पनि आफ्नो राजनीतिक लक्ष्य शान्तिपूर्ण जनमतबाट हालिस गर्ने भनेका छन नकि हिजो गरेको विखण्डनकारी गतिविधिप्रति प्रायश्चित पनि छैन, भोलिका दिनमा नगर्ने बाचा पनि गरिएको छैन ।

प्रधानमन्त्री ओलीले राउतलाई प्रचण्डसँग तुलना गरे नि ?

प्रधानमन्त्री ओलीले राउतलाई प्रचण्डसँग तुलना गरेका छन । जुन फिटिक्कै अमिल्दो बिषय होे । प्रधानमन्त्रीले राउतलाई हिरो बनाएर प्रचण्डसँग तुलना गरीएकोमा हाम्रो आपत्ति छ । हिजो बिखण्डनको मुध्दा लिएर मुलुक बिखण्डन गर्नेलाई प्चण्डसँग तुलना गर्न कुनै रुपबाट पनि स्वीकार्य हुन सक्दैन ।

सचिवालयमा पनि यसबारे बिबाद भयो भनिन्छ नि ?

बैठकमा साथिहरुले सहमतिका भाषा र प्रकृयामा असन्तुष्टिका साथै ,सहमति गर्नु अगााडी नेतृत्वले पार्टीमा छलफल नै नगरेको तथा जेलबाट छुटेको भोलिपल्टै हतारमा सहमति गरीएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन । यसले अदालतलाई प्रभावमा पारेर निर्णय गराएको सन्देश जनमानसमा जाने र यसबाट सरकार र पार्टिप्रति नकारात्मक धारणा बन्ने नेताहरुले धारणा राखेको मैले बुझेको छु ।

खास असहमति रहेको बिषय के हो ?

सहमतिपत्रमा ‘स्वतन्त्र मधेश ’ शब्द प्रयोग गरेर मधेशलाई स्वतन्त्र भएको भन्ने मान्यता दिएर दुई देशबीच भएको सम्झौता जसरी प्रस्तुत गरीएको छ । यसले पृथकताबादलाई अन्त्य गरीयो भन्दा पनी स्वीकार गरीएको अर्थ लाग्न गएको देखिन्छ ।

जनमतसंग्रहमा जाने बिषयबारे के धारणा छ ?

सिके राउतले जनमतसंग्रह गर्ने सहमति भएको बताएका छन । यधपि जनमतसंग्रह सहमतिमा उल्लेख छैन । सहमतिमा जनअभिमत भन्ने शब्द प्रयोग भएको छ । जनअभिमत भन्नाले चुनाबबाट आउने मत हो या जनमतसंग्रह भन्नेमा समेत स्पष्ट देखिँदैन । यसले झनै अन्योलता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *