काठमाडौंमा जहिलै रगत अभाब, किन खड्किरहन्छ रगत ? (खोजि)



चिसो बढेसंगै रगत संकलनको दर दोब्बरले घटेको छ । गर्मि मौसममा दैनिक दुई सय ५० जना सम्मले रक्तदान गर्ने गरेकोमा हाल एक सय देखि एक सय ५० जना सम्मले रक्तदान गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले जनाएको छ । यसरी हेर्दा केन्द्र मार्फत् दैनिक एक सय ५० यूनिट रगत संकलन हुन्छ ।

तापक्रम कम भएका कारण डोनरले रगत नदिदाँ रक्त संकलनमा कमि आएको केन्द्रका प्रशासकिय निर्देशक पवनकुमार गुप्ताले बताए ।

सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेको वताइएको छ । ब्लड बैंकले स्वस्थ नागरीकलाई रक्तदान गर्न अपिल समेत गरेको छ ।

स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको व्यक्तिलाई रक्तदान गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

केन्द्रले रगतको अभाब नभएको दावि गरेपनि सरकारी तथा निजी अस्पतालहरुमा रगत नहुँदा विरामीहरु निकै मारमा पर्ने गरेका छन् । मूख्यतः जाडोको समयमा रगत संकलन कमि हुँदा पनि रगतको अभाब देखिने गरेको छ ।

रुपन्देही भैरहवाका २७ वर्षीय अमृत केसी विर अस्पताल पुगे उनलाई रगतको आवश्यकता पर्ने भयो । अमृतका दाई सवीन केसीले भने,‘ अस्पतालको इमरजेन्सी कक्षले रगत छैन भन्दै रगत खोज्न आग्रह ग¥यो कतै फोन लागेन । के गर्नु धौं धौंका रगत पायौं ।’

सरकारले प्रत्येक अस्पतालमा रगत भण्डारणको व्यवस्था गर्न निर्देशन दिएपनि अधिकांश अस्पतालहरुले अटेरी गरेका छन् । केन्द्रको समन्वयमा काठमाडौं उपत्यकामा चार वटा अस्पतालहरुले मात्रै रगत माग अनुसार केन्द्रबाट नियमित लिने गरेका छन् । काठमाडौं उपत्यकामा वी.एन.वी, सुमेरु, बयोधा र हरिसीद्धी क्यान्सर अस्पतालले मात्रै रक्त सञ्चार केन्द्रको समन्वयमा रगत लिने गरेको केन्द्रले जनाएको छ ।

तर, सरकारी अस्पताल भनिएका बिर, महाराजगञ्ज स्थित शिक्षण अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा बिरामी भर्ना भएर रगतको अभाब खड्कीए स्वयम विरामी ब्लड बैंक धाउनु पर्ने बाध्यता छ । केन्द्रको तथ्याङक अनुसार साउनदेखि मंसिरसम्म ४० हजार यूनिट रगत खपत भएको हो ।

गत आर्थिक वर्षमा केन्द्र र केन्द्र मातहत गरी तीन लाख ४४ हजार रगत खपत भएको थियो । जसअन्तर्गत एक लाख २० हजार यूनिट रगत केन्द्रमा मात्रै बितरण भएको केन्द्रका प्रशासकिय निर्देशक गुप्ताले बताए ।

प्रति यूनिट चार सय ९५ रुपैंयामा रगत उपलव्ध हुने गर्छ । रक्तसञ्चार सेवाका प्रशासकिय निर्देशक गुप्ताले भने, ‘सम्वन्धीत अस्पतालहरुले आफै रगतको क्रस म्याच टेष्ट गरे भने चार सय ९५ रुपैंया पर्न आउँछ । केन्द्रले रगतको क्रस म्याच टेष्ट गरेर अस्पतालमा पठाउनुप¥यो भने ६ सय ४५ रुपैंया पर यूनिट पर्न आउँछ ।’

क्रस म्याच टेष्ट भन्नाले रगत लीने र दिने बिचको रक्त समुह मिलेको छ या छैन भिंडाउने प्रविधी हो ।

रगतको मूल्य नपर्ने भन्दै रगतमा आबश्यक आवश्यक टेष्टहरु र व्लड व्यागको मूल्य पर्ने वताइएको छ । रक्त थैलीमा भएको रगतमा एचआइभी, हेपाटाइटीस बी, हेपाटाइटीस सी र सीफ्लीस छ छैन भनेर टेष्ट गरीन्छ ।
प्याक्ट रेड व्लड सेलको म्याद ४२ दिन, फ्रेस फ्लोजन प्लाज्माको म्याद ६ महिना र प्लेटलेट प्रोडक्टको म्याद ७२ घण्टा हुने रक्तसञ्चार सेवाका प्रशासकिय निर्देशक गुप्ताले जानकारी दिए ।

ताजा अपडेट