Mon. Mar 25th, 2019

पुलिस भन्दै रकम असुल्ने नक्कली पुलिस एपीएफको फन्दामा !

कैलाली। प्रहरी हुँ भनि रकम असुली गर्दै आईरहेका एक जनालाई एपीएफ टोलीले फागुन २४ गते कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित थपलीपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका १ बड्की बस्ने २२ वर्षिय रोशन रोक्का छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डुडेझारीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नेत्र के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

निज रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय जनता तथा स्थानीय प्रहरीलाई विभिन्न कुरा गर्दै झुक्याई रकम असुली गर्दै आएका थिए ।

त्यसवेला एपीएफ टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल तथा मोवाईल दुई थान र नगद चार सय ८० रुपैयाँ समेत बरामद गरेको छ । एपीएफ टोलीले निजलाई बरामद नम्कली पेस्तोल तथा रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *