विमानस्थलबाट १५ हजार अमेरिकी डलर सहित एक पक्राउ !



काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट १५ हजार अबैध अमेरिकी डलर सहित एक व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–१७ ईमाडोल बस्ने काठमाडौं महानगरपालिका–१६ का ४२ वर्षीय तिमोथी नकर्मी रहेका छन ।

नकमीलाई अवैध रुपमा संकलन गरी लैजान लागेको १ सय दरको १५ हजार अमेरिकी डलर सहित शुक्रवार पक्राउ गरीएको दिउसो प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडानतर्फको पार्किङ एरियामा यात्रुहरुबाट संकलन गरी लैजान लागेको उक्त अमेरिकी डलर सहित तिमोथीलाई पक्राउ गरिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेकोे छ ।

ताजा अपडेट