एक वर्षमा ६६ करोड बढी डाउनलोड भयो टिकटक ! इन्स्टाग्रामभन्दा डेढ गुणा बढी



एजेन्सी। सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरिएको छ। जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।

ताजा अपडेट