कोरियाको लागि हुने इपिएस भाषा परीक्षा जेठ अन्तिम साता हुने



काठमाडाैं। सरकारीस्तरमा दक्षिण काेरिया जान लिइने भाषा परीक्षाकाे मिति ताेकिएकाे छ। वैदेशिक राेजगार विभागअन्तर्गत रहेकाे इपिएस काेरिया शाखाले सन् २०१९ मा काेरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जानकारी दिएकाे छ।

परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएकाे छ।

सन् २००७ जुलाई २३ मा नेपाल र काेरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झाैता भएकाे थियाे। काेरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झाैता गरेकाे थियाे।

सुरुवातमा कृषि, निर्माण र फिसिङ(मछुवार) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिएपनि हाल भने कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएकाे छ।

ताजा अपडेट