Mon. Mar 25th, 2019

आफ्नै श्रीमती हत्या गर्नेलाई जन्मकैद !

दुल्लु। दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैदकाे फैसला सुनाएको छ।

श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आइतबार उक्त फैसला गरेको हो। विसं २०७४ साउन २ गते दलबहादुरले कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरेका थिए। उनकाे शव घरकै बार्दलीमा झुण्ड्याइएकाे अवस्थामा भेटिएकाे थियाे । अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *