Mon. Mar 25th, 2019

कोरीयामा नेपालको प्रतिनिधित्व गर्दै विश्वास, विशाल ,सरोज सहित ८ नेपाली तेक्वान्दो प्रशिक्षकहरु

काठमाडौ । वल्र्ड तेक्वान्दो पार्टनरसिप ट्रेनिङ प्रोगाम फर ईन्स्ट्रक्चर –‘ए लेवल मास्टर्स कोर्ष’ का लागि नेपालको प्रतिनिधित्व गर्दै ८ जना नेपाली प्रशिक्षकहरु दक्षिण कोरीया जाने भएका छन । मार्च १९ देखि अप्रिल ३ सम्म कोरीयाको मुजु शहरमा आयोजना हुने कार्यक्रमका लागि बिशाल कँडेल, बिश्वास अर्याल र सरोज बास्कोटा सहितका नेपाली प्रशिक्षकहरु सहभागि हुन लागेका हुन ।

कोरीया जाने टोलिको कान्छो प्रशिक्षक बिशाल निरभाना रानीबारी फिटनेस ढुङ्गेधाराका डाईरेक्टर समेत हुन। फिटनेसले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी समेत उत्पादन गर्दै आईरहेको छ । उनी धेरै देशमा नेपालको प्रतिनिधित्व गर्दै प्रशिक्षकको रुपमा सुहभागी भईसकेका छन ।

सेलिब्रेशन को एड स्कुलका स्र्पोट्र्स ईन्र्चाज बिश्वास अर्याल सिभल ईन्जिनिएरका बिधाथी समेत हुन । सेलिब्रेशन को एड स्कुल अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त स्कुल हो । बिशाल र विश्वास यसै स्कुलको उत्पादन हुन । उनीहरुले स्कुलको प्रतिनिधित्व गर्दै बिभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । बिश्वास थाईल्याण्डमा भएको फोर्थ हिरोज तेक्वान्दोका व्रोन्ज मेडालिष्ट हुन ।त्यस्तैं बिशाल नेपाली टोलिको प्रमुखको  रुपमा थाईल्याडमा सहभागी भएका प्रशिक्षक हुन ।

त्यस्तै सरोज बास्कोटा बिभिन्न बिधालयहरुमा प्रशिक्षकको रुपमा रहेर खेलाडी उत्पादनमा योगदान गर्दै आईरहेका छन । अन्य प्रशिक्षकहरु समेत बिभिन्न बिधालय तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रुपमा रहेर नेपाली तेक्वान्दोलाई अगााडी बढााउन प्रयासरत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *