Mon. Mar 25th, 2019

प्रियासनका ८ वटा चर्चित उपन्यास बजारमा

मानिसको जीवनमा विभिन्न आरोह अवरोह हुन्छ । कुनैकुनै व्यक्तिहरुका कारण उठ्नै नसक्ने गरेर सकिन्छ मान्छे ! कुसैले गर्दा रहर लाग्दो प्रगतिपथमा पुग्छ मान्छे ! कुनै मान्छेका कारण प्रगतिपथमा लम्कन सफल उपन्यासकारको नाम हो, सविन प्रियासन । यस वर्ष तीन वटा उपन्यास ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी निकालेर ह्याट्रिक गरेपछि उनलाई यतिबेला ‘नोभेल किङ्ग’का नामले समेत बोलाउन थालिएको छ ।

फरकफरक विषय बस्तु र सन्देश लिएर उपन्यास लेखनमा लागि परेका प्रियासनले यसवर्ष प्रकाशित गरेका तीनैवटा उपन्यासका प्रकाशकहरु पनि नाम चलेका छन् । प्रियासनको ब्रेकअप डायरीलाई बिएन पुस्तक संसार काठमाडौं, लक्कीचार्मलाई ब्रदर्श बुक्स प्रकाशन प्रालि काठमाडौं, सेल्फीलाई इन्डिगो इन्क प्राकशन प्रालि काठमाडौँले बजारमा ल्याएको छ । प्रियासन दाङको घोराहीमा बस्छन् । उनी यतिबेला चर्चित उपन्यासकारकारुपमा समाजमा स्थापित छन् । नायिका नम्रता श्रेष्ठका कारण उपन्यास लेखनमा फर्किएका प्रियासनले हालसम्म ८ वटा उपन्यास प्रकाशित गरिसकेका छन् भने उनको एउटा कथा र एउटा लेखहरुको संग्रह पनि प्रकाशित छ ।

२०६० सालमा पहिलोपटक रोदनपछिको उपन्यास निकालेर साहित्यिक फाँटमा पाइला अगाडि बढाएका प्रियासनले त्यसपछि सपनाभित्रको सपना कथा संग्रह र भुमरी उपन्यास प्रकाशित गरे । दुईवर्षसम्म उनी साहित्यमा क्रियाशिल बने । तीनवटा पुस्तकहरु प्रकाशित गरेपछि उनको साहित्यिक क्षेत्रमा पुर्नबिरामनै लाग्यो ।त्यसपछि १० वर्षसम्म पत्रकारितामा क्रियाशिल बनेका प्रियासनले यस अवधिमा साहित्यको स पनि लेखेनन् । तर जब २०७१ सालमा उनको भेट नायीका नम्रता श्रेष्ठसँग दाङमा भयो, त्यसपछि उनको मनमा साहित्यका रागहरु उत्पन्न भए । एकप्रकारले भन्ने हो भने उनको साहित्यमा नायीका नम्रता श्रेष्ठका कारण पुनरागमन भयो ।

चलचित्र सम्बोधनको च्यारिटी सोका लागि दाङ आएकी नम्रतासँगको क्षणिक भेटका कारण मनमा लुकेका साहित्यीक डबलीहरु कथाकापात्र बन्न थालेपछि प्रियासनले नम्रताकै बारेमा उपन्यास लेख्ने योजना बनाए । जुन कुरा २०७१÷०७२ तिर भाइरल बन्यो । नायीका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर उपन्यास निकाल्नका लागि प्रियासनले नम्रताको बारेमा भरमजदुर अध्ययन गरेका थिए ।उनको बारेमा लेखिएको पत्रपत्रिकाहरु, यूट्यूव, नम्रताका अन्तवार्ताहरु देखि उनले चिनेजानेका धेरैसँग सोधपुछ गरेर नम्रताको बारेमा जानकारी लिएको प्रियासनको भनाइँ छ । उपन्यास लेख्ने विषयमा नम्रतालाई सम्बोधन चलचित्रका निर्माताहरु मार्फत खबर पठाएको र त्यसपछि फोनबाट पनि यस विषयमा धेरैपटक नम्रतासँग छलफल गरेको बताउने प्रियासनले अध्ययनकै भरमा उपन्यासको पाण्डुलिपी तयार बनाए । पाण्डुलीपी तयार भएपछि नायीका नम्रता श्रेष्ठलाई काठमाडौंमा गएर उनको हातैमा दिएको प्रियासनको भनाइँ छ ।प्रियासनले नम्रताको बारेमा लेखिएको उपन्यास अहिलेसम्म ननिकाले पनि त्यसपछि २०७३ जेठमा पुनरागमन उपन्यास निकालेर १० वर्षपछिको साहित्यिक रिक्ततालाई उनले मेट्ने काम गरे । त्यसपछि उनले पल्लवी, सहनशीला, सेल्फी, लक्कीचार्म र केही दिन अगाडी ब्रेकअप डायरी उपन्यास निकालेका छन् । प्रियासनले निकालेका सबै उपन्यासहरु पठनीय भएकाले बिक्री समेत अत्यधिक भएको छ ।

२०७५ सालमा तीन वटा उपन्यास प्रकाशन गरेर उपन्यास निकाल्ने कार्यमा ह्याट्रिक गरेका प्रियासनलाई यतिबेला नोभेल किङ्गका नामले पनि बोलाउने गरिन्छ । नम्रताका कारण उपन्यास लेखनमा फर्किएका प्रियासनले पछिल्लो समयमा गीतहरु पनि लेखिरहेका छन् । भविष्यमा नेपालकै सबै भन्दा धेरै उपन्यास लेख्ने उपन्यासकारका रुपमा आफूलाई स्थापित बनाउने उद्देश्यले अगाडि बढिरहेका प्रियासन हाल नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा रहेर पत्रकारिताको नेतृत्व पनि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *