बैशाख १ बाट पशुपति महोत्सव तथा श्रीमतभागवत विराट ज्ञान महायज्ञ आयोजना हुने



काठमाडौं । बैशाख १ गतेबाट पशुपति महोत्सव एवम् अष्टधातु सङ्कलन श्रीमतभागवत विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको आयोजना र पशुपति महोत्सव तथा अष्टधातु सङ्कलन महायज्ञ समितिको संयोजनमा ज्ञान महायज्ञ आयोजना हुन लागेको हो ।

नेपालको मध्ये भागमा अवस्थित धार्मिक पर्यटकीय नगर देवघाटधामलाई धार्मिक पर्यटनको रुपमा विकशित गर्ने उद्देश्यले निर्माण गर्न लागेको ३० फिट अग्लो अष्ट धातु (तामा, पित्तल चरेश, ढलोट, सुन, चाँदी, सिल्भर र सिसा) आठ धातु मिश्रित भगवान् शङ्करको दीव्य मूर्ति सहितको सुन्दर उद्यान सहयोगार्थ विश्व विख्यात कथा वाचक पण्डित ईश्वर कृष्णजी महाराजको सत्सङ्कल्प सहित मिति २०७६ बैशाख १ देखि ११ गतेसम्म पशुपति क्षेत्रको सुमार्गी भवन प्राङ्गणमा पशुपति महोत्सव तथा अष्टधातु संकलन श्रीमतभागवत विराट ज्ञान महायज्ञमा हुन लागेको आयोजकले जनाएको छ । महायज्ञमा सहभागि हुनका लागि नाम दर्ता गराउनुपर्नेछ । नाम दर्ताका खुल्ला भईसको आयोजकले जानकारी गराएको छ ।

महायज्ञमा पुराना धातुहरु दान गर्न सकिनेछ । आर्थिक, भौतिक र भावनात्मक रुपले भगवान शङ्करको दीव्य मूर्ति र त्यसमा बन्ने संरचनाहरुमा सहयोग पुर्याई दिन आयोजकलें आग्रह गरेको छ ।

महायज्ञमा सामुहिक ब्रर्तबन्ध , तुलादान ,१ करोड दिप प्रज्ज्वलन ,ग्रह शान्ति ,ॐ नम् शिवाय मन्त्रद्वारा पशुपतिनाथमा ३ करोड बेलपत्र अर्पण लगाायतका कार्यक्रमहरु हुनेछन ।

दैनिक कार्यक्रमहरु
–बैशाख १ गते बिहान १० बजे दीव्य कलश यात्रा सहित पशुपतिनाथमा परिक्रमा, दिनको ११.३० बजे महायज्ञ समुद्घाटन
–बैशाख २ गते बिहान ७ देखि ११ बजे सम्म मूल पाठ पारायण एवम् यज्ञ मण्डपमा शिव पुजन तथा दैनिक बेलपत्र अर्चना,११ ब्रह्मणहरु द्वारा बेदपाठ,परायण नियमित २०७६ बैशाख ११ गते सम्म
– दिनको १.३० बजे बाट साँझ ४ बजे सम्म कथा प्रवचन , भगवत लीला तथा झाँकी
– हरेक दिन साँझ ७ देखि ९ बजे सम्म रात्रिकालिन भजन ,कृतन र सम्मान कार्यक्रम

के हुन्छ तपाँईले गर्नुभएको सहयोग :

१) भक्तजनहरुले चढाएको भेटी रु ४९९ सम्म भएमा दान पेटीमा चढाईने छ ।

२) भक्तजनहरुले चढाएको भेटी रु ५०० देखि माथि भएमा रसिद काटि ब्यासपिठबाट नाम समेत घोषणा गरिनेछ ।

३) भक्तजनहरुले चढाएको भेटी रु ५ हजार एक देखि १० हजार सम्म भएमा रुद्राक्ष माला लगाई समान पत्र दिइने छ ।

४) दाताहरूले एघार हजार एक सय एघार देखि एककाइस हजार एक सय एक्काइस सम्म दान गरेमा सम्मान पत्र सहित एक जनाको स्मृतिमा शिलालेख लेखिने व्यवस्था गरिनेछ ।

५) एक्काइस हजार एक सय एक्काइस देखि एकाउन्न हजार एक सय एक्काइस सम्म दान गरेमा परिवारको २ जनालाई सम्मान गर्नुको साथै शिलालेखमामा नाम लेखिने छ ।

६) एकाउन्न हजार एक सय एक्काइस देखि १ लाख सम्म दान गरेमा सम्मान गर्नुको साथै ३ जनाको नाम शिलालेखमा लेखिने छ ।

७) कुनै दानवीरले १ लाख भन्दा माथि दान गरेमा उसको फोटो सहित शिव मूर्ति संस्थापक भनि शिलालेखमा नाम राखिने छ ।

८) कुनै दानवीरले २ लाख भन्दा माथि दान गरेमा संस्थापक ,ताम्रपत्र शिलालेख फोटो सहित यस प्रतिष्ठानद्वारा निर्माण हुने गर्व गृहमा विष्णु , सूर्य देव, गणेश र शिवलिंग धातुको निर्माण हुने हुँदा आफ्नो नाममा मूर्ति राख्न सकिने व्यवस्था गरिनेछ ।

९) कुनै दानवीरले ५ लाख भन्दा माथि दान गरेमा दानवीर दातालाई शिवमूर्ति, संरक्षक एवम् ताम्रपत्र परिवारका पाँच जनाको नाममा शिलालेखमा फोटो समेत राखिनेछ ।

१०) यस प्रतिष्ठानले निर्माण गृहमा १०८ शिवलिङ्ग स्थापना गर्ने हुँदा यदि कसैले आफ्ना पितृका नाममा शिवलिङ्ग स्थापना गर्न चाहेमा प्रति शिवलिङ्ग रु २५ हजार लाग्ने वा आफै शिवलिङ्ग खरिद गर्न सकिनेछ ।

११) नगद या जिन्सी सहयोग गर्ने दाताहरुको नाम माइकबाट प्रसारण गरिनेछ । सहयोग प्राप्त पश्चात उल्लेखित सम्मान गरिनेछ ।

ताजा अपडेट