Mon. Mar 25th, 2019

स्थानीयले बन्द गराए कलंकी–नागढुंगा सडक !

काठमाडौं । धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी– नागढुंगा सडक अवरोध गरेका छन । धुलोका कारण समस्यामा परेको पर्दा समेत सरकारी निकायबाट कुनै पहल नभएको भन्दै थानकोट आसपासका स्थानीयले बिहान ९ बजेपछि दुबैतर्फका सवारी ठप्प पारेका थिए ।

करिब ४५ मिनेट अवरोधपछि सवारी आवातजावत शुचारु भएको थियो । प्रहरी निरीक्षक भट्टका अनुसार वार्तामार्फत समस्याको समाधान गर्न स्थानीयहरु सहमत भए पछि आवरोध खुलेको हो ।

यसअघि पनि स्थानीयहरुले बेला(बेलामा धुलो उडेको भन्दै प्रदर्शन गर्ने गरेका थिए । स्थानीयको प्रदर्शन पछि धुलो मार्न दैनिक पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले मंगलबार सडक जाम गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *