Mon. Mar 25th, 2019

समता स्कुलको ७ औं बार्षिकोत्सव सम्पन्न

समता एजुकेसन ट्रष्ट द्वारा संचालित समता स्कुल इटहरीले आफ्नो ७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा इटहरी उप महानगरपालिका बडा नं ४ का अध्यक्ष श्री चन्द्र प्रसाद भट्टराई, समताका केन्द्रिय निर्देशक दिपक संजेल, केन्द्रिय ब्यवस्थापक श्री सूदर्शन पौडेल, समता स्कुल पूर्वी कल्स्टर प्रमुख तथा बिद्यालयका प्रीन्सिपल श्री सन्तोष श्रेष्ठ सहित पूर्वी कल्स्टर अन्तरगतका १३ बटा जिल्लामा संचालनमा रहेको समता स्कूलका प्रीन्सिपलहरु, पत्रकार, समाजसेवी, पूर्व बिद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो। संस्थापक उत्तम संजेल ले सन २००१ मा काठमाडौ को नयाँ बस्तिबाट सुरु गरेको समता स्कुल हाल देशका सबै ७७ बटै जिल्ला सहित भारत, श्रीलंका, बंगलादेश मा समेत संचालनमा छ। सुनसरी जिल्लाको इटहरीमा भने ७ बर्ष अघि यो बिद्यालय स्थापित भै हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म करिब ११०० बिद्यार्थीलाई मासिक शुल्क रु १००/- मै गुणस्तरीय शिक्षा दिंदै आएको छ। समता स्कूलले नेपालमा मात्रै ४०३२१ जना बिद्यार्थी गुणस्तरीय शिक्षा दिंदै आएको र यो बर्ष म्यानमार, थाइल्यान्ड, भुटान र माल्दिभ्समा समेत समता स्कुल स्थापनाको क्ररममा रहेको जानकारी ट्रष्टका निर्देशक दिपक संजेलले बताए । उनले काठमाडौ को कुमारीगालमा रु १००/- मै उपचार हुने समता अस्पताल समेत संचालनमा रहेको र आगामी बर्ष देखि मासिक शुल्क रु १००/- मै समता नर्सिङ कलेज संचालनमा आउने जानकारी गराए। कार्यक्रममा बोल्ने क्रममा ट्रष्टका निर्देशक संजेलले समता स्कुल इटहरी ट्रष्ट अन्तरगत संचालित बिद्यालय मध्य उत्कृष्ट रहेको बताउंदै प्रीन्सिपल सन्तोष श्रेष्ठ र सम्पूर्ण शिक्षक शिक्षिकाको तारिफ गरे। उनले आफ्नो मन्तव्यको क्रममा कार्यक्रम संयोजक तथा स्कूलका शिक्षक श्री बिपुल ओझा र पुर्व बिद्यार्थी समेत रहेका कार्यक्रम प्रस्तोता साजन भन्डारी लाइ बिशेष आभार प्रकट गरे।

कार्यक्रमका प्रमुख अतिथी वडा नं ४ का अध्यक्ष चन्द्र प्रसाद भट्टराई ले समता स्कुल नेपालकै नमूना बिद्यालय रहेको र आफ्नो वडामा हुनुलाइ आफू र सम्पूर्ण वडा बासी भाग्यमानी भएको बताए । साथै बिद्यालय लाई हर प्रकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। सो अवसरमा स्कूलले विभिन्न बिधामा बिद्यार्थी एवंम शिक्षकहरुलाइ पुरस्कृत तथा सम्मान गरेको थियो। जसमा उत्कृष्ट कर्मचारी श्री बिशेष घिमिरे रहे भने उत्कृष्ट बिद्यार्थी कक्षा १० मा पढने सुजना कार्की भइन। कार्यक्रममा समता इटहरी का साथ साथै पूर्वको ९ जिल्लामा रहेका समताका बिद्यार्थीहरुको विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुती सहित झापाको “नो लिमिट्स ब्याड” को पनि प्रस्तुति रहेको थियो । सो अवसरमा समता ट्रष्टको पूर्वी कल्स्टर अन्तरगतको समता स्कुल इलाम लाई उत्कृष्ट बिद्यालय र समता स्कुल उदयपुरकि प्रीन्सिपल चतुर लक्ष्मी राई लाई उत्कृष्ट प्रीन्सिपल घोषणा गर्दै सम्मान गरिएको थियो।

समारोहमा बिद्यार्थीको प्रगती र उन्नतिमा अभिभावकहरुको भूमिका र महत्वका बारे प्रकाश पार्दै ट्रष्टका ब्यवस्थापक सूदर्शन पौडेलले समय सान्दर्भिक शिक्षामा जोड दिनुपर्ने बताए ।त्यस्तै कार्यक्रम समापन गर्दै ट्रष्टका पूर्वी क्षेत्र प्रमुख र इटहरी समताका प्रीन्सिपल समेत रहेका सन्तोष श्रेष्ठले आफ्नो क्षेत्र का सबै समता स्कुलहरुलाइ शैक्षिकसत्र २०७६ देखि एकबद्द गराइ प्रविधिमैत्री बनाउने र रु १००/- मन्टेश्वरी बिधिबाट कक्षा संचालन गर्ने तयारी भएको समेत जानकारी गराए। श्रेष्ठले समय सान्दर्भिक शिक्षालाई आत्मसात गर्दै आफ्नो बिद्यालयलाई उत्कृष्ट बिद्यालय बनाउने प्रतिबद्धता समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *