Mon. Mar 25th, 2019

दास्रो राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन चैत २ मा हुने

काठमाडौं । दास्रो राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपालको मुख्य आयोजना र सहृदयता समाज नेपाल तथा युुग निर्माण महिला समाज नेपालको सह–आयोजनामा चैत २ गते आयोजना हुने भएको हो ।

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनको यो दोस्रो संकरण हो । गत वर्ष फागुुन ५ गते पहिलो पटक यो सम्मेलन आयोजना भएको थियो ।

नेपालका मौलिक रैथाने धर्महरुलाई सँरक्षण गर्ने उदेश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । मौलिक रैथाने धर्म बिरुद्ध कुप्रचार गर्दै क्षति र्पुुयाउने गरी गतिबिधि बढेको अवश्थामा स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गर्न लागिएको आयोजनाको दाबि रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको सम्मेलनमा हिन्दु, बौद्ध, किरात, जैन र बोन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको उपस्थिति रहनेछ । कार्यक्रममा सम्बन्धितसंस्थाका प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुुत गर्ने कार्यक्रम रहेकोे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *