चैत्रदेखि काठमाडौंको धुलो सफा गर्न नेपाल भित्रिए ५ ब्रुमर , काठमाडौं अब ‘नो मास्क’ सिटि !



काठमाडौं । धुलो धुँवा र फोहोरबाट सास्ती खेपिरहेका राजधानीबासीलाई केहि राहत मिल्ने भएको छ । महानगरवासीको लामो प्रतिक्षाको रुपमा रहँदै आएको ब्रुमर काठमांडौ भित्रिएका छन । धुलो धुँवा नियण्त्रणको विकल्पको रुपमा महानगरपालिकाले प्रस्तुत गर्दै आएका बिधुतिय सफाई यन्त्र (ब्रुमर) काठमांडौ भित्रियसँगै धुलो धुँवा नियञ्त्रण हुने भएको हो । महानगरपालिकाको ११ करोड बजेटमा ईटालिबाट बु्रमर मगााएको थियो । महानगरपालिकाले अर्डर गरेका पाँचवटा ब्रुमर नेपाल भित्रिसकेका छन । ती मध्ये ४ वटा काठमांडौ आईसकेका छन भने बाँकि एक भन्सार कार्यालयमा रहेको छ । बाँकी एक समेत छिट्टै काठमाडौं आईपुग्ने महानगरपालिकाले जनाएको छ ।

महानगरले सबै ब्रुमर काठमांडौ आएसँगै चैत्र महिनाको सुरुबाट महानगर क्षेत्रको धुलो नियञ्त्रणमा पाँचबटा ब्रुमर सञ्चालनमा ल्याउने भएको हो । महानगरका प्रबक्ता ईश्वरमान डंगोलका अनुसार चैत्रको सुरुवाट सडक सरसफाईमा यी बु्रमर उपयोगमा ल्याईनेछ । उनका अनुसार रत्नपार्क क्षेत्रलाई केन्द्र मानेर महानगरका ३२ बटै वडामा यस्ता ब्रुमर उपयोग गरी धुलो नियन्त्रण गरिनेछ । अत्याधुनिक युरोप स्ट्याण्डर्ड यी ब्रुमर स्वचालित रहेको र यसको चालक समेत सम्बन्धित कम्पनिले नै उपलब्ध गराँउनेछ । पानिको प्रयोग गरेर समेत सडक सफा गर्न सकिने यी ब्रुमरहरु राजधानीका अधिकांश सडक सफा गर्न मिल्ने बहुउद्देश्यिय प्रकृतीको रहेको महानगरले जनाएको छ । महानगरले ब्रुमरका लागि पाँच महिना अघि प्रकृया थालेको थियो । प्रकृयाबाट ब्रुमर नेपाल भित्राउने जिम्मा वल्र्डवाईड टे«डिङ प्रालिले पाएको थियो । ब्रुमर नेपाल भित्राएसँगै यसको सञ्चालनको जिम्मा तथा ब्रुमर चालकको व्यवस्थासम्मको जिम्मा २ वर्षका लागि वल्र्डवाईड टे«डिङको नै हुने महानगरले जनाएको छ । महानगर क्षेत्रमा हाल महानगरपालिका अन्र्तगत कार्यरत १ हजार ६ सय सफाई मजदुहरुबाट सडकमा झाडु लगााउने गरीएको छ भने सडक बिभागसँगको सहकार्यमा बिभाग मातहतको ब्रुमर उपयोग गरी धुलो धुँवा नियञ्त्रण गर्ने गरीएको थियो यधपि यो महानगरवासीका लागि पर्याप्त हुन सकेको छैन ।

दुई ब्रूमर आउने प्रकृयामा
काठमांडौ महानगरपालिकालाई चीन सरकारले उपहार स्वरुप दिने घोषणा गरेको दुई ब्रुमर नेपाल आउने प्रकृयामा रहेका छन । नेपाल ल्याईने तयारीमा रहेका यस्ता ब्रुमर तयार भईसकेका छन । यसमा केहि प्राबिधिक समस्या देखिएकाले आउन ढिलाई भएको महानगरपालिकाले जानकारी दिएको छ । प्रवक्ता डंगोलका अनुसार ब्रुमरको बनोटमा नेपालको सडकमा प्रयोग हुनेभन्दा फरक बनोट भएकाले यसलाई परिमार्जन गनुपर्ने देखिएकाले केहि ढिलाई भएको हो । नेपाल भित्रिएका ब्रुमरलाई भने हेभि ईक्विप्मेन्ट डिभिजन मिनभवनमा राखिएको छ । यी ब्रुमरका बिभिन्न पार्टपुर्जा जडान गरी छिट्टै सञ्चालनकोे लागि तयारी भईरहेको छ ।

प्रत्येक नगरपालिकालाई एक ब्रुमर
सरकारले महानगरपालिका बाहेकका काठमाडौं जिल्लाभरका १० नगरपालिकालाई एक एक बटा ब्रुमर उपलव्ध गराउने तयारी थालेको छ । यसका लागि लगानि बोर्ड मार्फत प्रकृया अगाडी बढाईएको छ । यधपि महानगरपालिका बाहिरका अधिकांश नगरपालिकामा सडक निर्माण र बिस्तारको क्रममा रहेकाले ब्रूमर लगााउन मिल्ने अबश्थामा छैनन । गरिएको छ ।

ताजा अपडेट