Mon. Mar 25th, 2019

पुलिसलाई घुस दिन खोज्दा….

काठमाडौं। काठमाडौं महानगरपालिका-१४ खसीबजारस्थित चेकिङ गर्ने क्रममा नगद ३ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ना.७ ख ९६८४ नम्बरका ट्रिपर चालकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले जाँच गर्ने क्रममा कागजपत्र साथमा नराखी चलाएकोले चालकले उक्त नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *