समस्यालाई जनताको नजरबाट हेरेर समाधान गरे सम्बृध्दि सम्भब छ : ईश्वरराज पौडेल पुर्व सिईओ काठमाडौं महानगरपालिका (अन्र्तवार्ता)



अनेकन समस्याबाट गुज्रिरहेको काठमाडौंमा समस्याका चाङ मात्र देखिन्छन । समस्या मात्र देख्ने हो भने यस्ता समस्याको समाधान सम्भब देखिँदैनन ।समस्या समाधानका लागि हरेक जनप्रतिनिधि र पदमा रहेका व्यक्तिसँग भिजन हुनु आबश्यक छ । त्यसलाई पुरा गर्न नियमन, निरतरता र कार्यान्पयनमा कठोर हुनु आबश्यक छ । यसै सन्दर्भमा रहेर काठमाडौं सुधार गर्न सकिने बलियो आधार सहित धेरै लगााव,अनुभव र निरन्तरताबाट निस्किएकको एउटा महत्बपुर्ण मोडल हो रग मोडल । यसमा काठमांडौका हरेक समस्याको समाधानका सुत्र छन । यो मोडललाई तत्कालिन काठमाडौं महानगरपालिका सिईओ ईश्वरराज पौडेलले ल्याउनका ल्याएका थिए । समस्या नै समस्याबाट आक्रान्त राजधानीबासीलाई राहत दिन सक्ने यो मोडलबारे लाल्टिन खबरले गरेको कुराकानि :

कसरी आयो रग मोडल?

यो मोडल धेरै लगााव,अनुभव र निरन्तरताबाट आएको छ । यो मोडल ल्याउनका लागि मैले जनस्तरमा पुगेर हरेक समस्यालाई महसुस गरेको छु । यसै अनुभवबाट राजधानीलाई २४ घण्टा खुल्ला राखेर सेवासुबिधा दिने, सरसफाईको निरन्तरताबाट धुलो धुवाँ नियञ्त्रण गर्न सकिने प्रसस्त आधार रहेका छन जुन गर्न सकिन्छ । यसका लागि कार्यालयमा सिमित नभई फिल्डमै गएर प्रत्येक समस्याको समाधान गर्दै अगााडी बढ्ने,नियमितता,नियमण र कठोर नियमणबाट शहरी सुव्यवस्था कायम गर्न सकिन्छ र भन्ने अनुभबबाट यो मोडल आएको हो । यसका लागि म लगाायत महानगरका कर्मचारी रातको १ बजेसम्म पनि खटेर सडक सफाई लगाायतका काम गरेका थिँयौ यसकै परणिामस्वरुप तत्काल सुधारको योजना अनुरुप यो मोडल बन्न पुग्यो ।

काठमाडौंको समस्या समाधानमा कहाँ चुके जनप्रतिनिधि ?

काठमाडौको समस्या समाधानका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले पुरानो प्रकृया र पद्धतिलाई तोडेर अगााडि बढ्न सकेको देखिँदैन । जनप्रतिनिधिहरु जनताको सेवक हुनुपर्नेमा कर्मचारी मात्रको हाकिम बनेजस्तो देखिन्छ । यसले जनअपेक्षा पुरा गर्न सकेको देखिँदैन । पाँच बर्षका लागि निर्वाचित जनप्रतिनिधिको २ बर्षको समय त्यसै बितेको देखिन्छ । जनप्रतिनिधिसँग स्पस्ट योजना,व्यबस्थापन र कार्यान्वयनको क्षेत्रमा चुकेको देखिन्छ ।

कसरी सुधार हुन सक्छ राजधानीका समस्या ?

महानगरले प्रवाह गर्ने सेवा प्रवाहलाई कार्यालय र कर्मचारीको घेरामा मात्र सिमित राख्नु हुँदैन । यसका लागि कार्यालयको साँघुरो घेराबाट वाहिरीएर जनप्रतिनिधि र कर्मचारी सेवा प्रवाहका लागि राजधानीवासीकोमा पुग्नुपर्दछ । जनचासोलाइ समाधान गर्न हरेक समस्यालाई नगरबासीको ठाँउबाट हेरीनुपर्छ । हरेक समस्यालाई घटाँउदै लगेर हटाउन अवश्य सकिन्छ ।

रग मोडलको सान्र्दभिकता कस्तोे छ ?

राजधानीवासीको समस्या समाधानका लागि रग मोडलले महत्वपुर्ण छ । यसलाई हालका जनप्रतिनिधि समेतले पालना गर्न सके र भईरहेका कामलाई निरन्तरता दिन सके काठमाडौंका समस्या सुधारमा उल्लेख्य प्रगति देखिनेछ ।

ताजा अपडेट