विप्लवका विद्यार्थी नेता हिरासतमै भोकहड्तालमा



प्यूठान । विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य पदम पोख्रेललाई गिरफ्तार गरेको छ । शनिबरा राती ८ बजेतिर प्युठानको पोख्रेलकै डेराबाट अपहरण शैलीमा बिनाकारण गिरफ्तार गरी अवस्था अज्ञात बनाएको अखिल (क्रान्तकारी)ले जनाएको छ ।

पोख्रेललाई जिल्ला प्रहरी कार्यालय प्युठानमा राखिएको समाचारमा जनाइएको छ । उनलाई सामाजिक अपराध सम्बन्धि जबरजस्त झुठ्ठा मुद्दा लगाउने तयारी गरिएको छ । विनाकारण झुट्टा मुद्दा लगाउन खोजिएको भन्दै पदम पोख्रेलले हिरासतभित्रै भोक हडताल गरेको बताएका छन् । हिजो साँझदेखि अहिलेसम्म केही पनि नखाएको र विनाकारण झुठ्ठा मुद्दा लगाएर हिरासतमै राख्दासम्म भोक हडताल गरिरहने पोख्रेलले बताए ।

यसअघि पनि प्यूठानबाट एकजना शिक्षिकासहित २ जनालाई शुक्रबार नै आफ्नै काममा व्यस्त भइरहेको बेला विनाकारण गिरफ्तार गरिएको थियो । शिक्षिका भगवता ठेडीमगर सहित २ जनालाई शुक्रबार नै आफ्नै काममा व्यस्त भइरहेको बेला विनाकारण गिरफ्तार गरेको थियो ।

ताजा अपडेट