Mon. Mar 25th, 2019

भूकम्पले भत्काएका सशस्त्रका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न

सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएकाउसका ९२ प्रतिशत भन्दा बढी भौतिक संरचनाको पुनर्निर्माण सकेको छ । वाँकी ८ प्रतिशतपनि अन्तिम चरणमा रहेको उसले जनाएको छ ।

आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी आर्थिक बर्ष २०७५-०७६ को प्रगति प्रस्तुत गर्दै बरिष्ठ उपरीक्षक ईन्जिनियर सन्दीप थापाले पुनर्निर्माण कार्य संचालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए ।

पुनर्निर्माण सम्पन्न भएका संरचनामा सशस्त्र प्रहरी बलको मुख्य कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्वर्टर छन् ।

थापाका अनुसार पुनर्निर्माण सम्पन्न हुन लागेका दुई संरचनामध्ये नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण सकिएको छ । त्यसैगरी पोखरास्थित सशस्त्र प्रहरी बल नंं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको फिनिसिङ कार्य भैरहेको छ । यी संरचनाको आगामी बैशाखभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने थापाले जानकारी दिए ।

बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नं १८ गणको हेर्डक्वार्टरमा रहेका २ वटा बहु तले ब्यारेक तथा मुख्य कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बंगलामुखीस्थित नं १९ गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक पर्ने भएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्दार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्दार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *