लाल्टिन खवरसंग गगन थापाले भनेः अहिलेकै विश्वविद्यालयबाट थप मेडिकल कलेज खोल्न दिएको परीणाम भोगीरहेका छौं ।



काठमाडौं, १० चैत । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा देखिएका बेथितिहरु छानविन गर्नका लागि उपसमिति गठन गर्ने भएको छ । समितिको आइतवार सिंहदरवारमा वसेको बैठकले उपसमिति गठन गर्ने अधिकार सभापति जयपुरी घर्तीलाई दिएको हो ।यसै सन्दर्भमा समिति सदस्य एबम् काग्रेंसका युवा नेता गगन थापासंग गरीएको कुराकानिको सारसंक्षेपः

चिकीत्सा शिक्षामा मनपरी शुल्क असुल्नुलाई कसरी लिनुहुन्छ ?
हो, अहिले अबैध ढंगले शुल्क असुल्ने काम भइरहेको छ । यसको नियमन र नियन्त्रण हुन आवश्यक छ । चिकित्सा शिक्षामा चुनौति प्रशस्त देखिएको छ । यो सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रमा नियमनकारी निकायको भूमीका प्रभावकारी हुन नसक्दा यो अवस्था आएको हो । अहिले निजी मेडिकल कलेजहरुले मनपरी अबैध शुल्क उठाइरहेका छन् । यो अबैध र गैरकानुनी हो । यस्तो कसैले पनि गर्न पाउँदैन ।

 

कलेजहरुको नियमन हुन नसक्नुको कारण के होला ?
निजी क्षेत्रको प्रवेशसँगै नियमनकारी निकायको भूमीका प्रभावकारी भएको भए सुधार हुँदै जान्थ्यो । कलेजहरुको नियमन हुन सकेको छैन । वरु झन विकृती मौलाउँदै गएको छ । पछिल्लो सयम अहिलेकै विश्वविद्यालयबाट थप मेडिकल कलेज खोल्न हुन्न भन्ने जुन कुरा उठाइरहेको छु । यहि तर्कको पछाडीको तथ्यले स्पष्ट हुन्छ ।

अबको विकल्प के ?
नियमनकारी विश्वविद्यालयहरुले कलेजहरुको न नियमन गर्न सके, न शुल्क, न सिट, न परीक्षा नै हेर्न सके । थप सम्बन्धन किन दिन हुन्न भन्ने कुुरालाई यसले पुष्टि गर्छ । केही कलेजले अन्य शुल्क लिन पाइन्न भनेपछि लाइब्रेरी शुल्कमै १५ लाख उठाइरहेको समेत जानकारी आएको छ । कलेजहरुमा रहेका विकृतिबारे छानविन गर्न छुट्टै समिति गठन हुनुपर्छ ।

ताजा अपडेट