Mon. Apr 22nd, 2019

राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गते सुरु हुदै‌

नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गते सुरु वैशाख ३ गते सम्पन्न गर्ने। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गते सुरु गरेर वैशाख ३ गते सम्पन्न गर्ने तयारी गरेको छ। आठौं राष्ट्रिय खेलकुदका सम्बन्धमा आइतबार नेपालगन्जमा भएको समन्वय बैठकमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले २०७५ सालमा सुरु भएर २०७६ सालमा समापन हुने गरी प्रतियोगिताको मिति तय गरिने खुलासा गरे। सदस्यसचिव विष्टले भने, ‘चैत २७ गते साँझ ६ बजे राष्ट्रपतिबाट नेपालगन्ज रंगशालामा प्रतियोगिताको उद्घाटन हुनेछ।
साँझ ८ बजेदेखि ९ बजेसम्म आतिशबाजी पनि हुनेछ। वैशाख ३ गते प्रधानमन्त्रीबाट नेपालगन्ज रंगशालामै प्रतियोगिताको समापन हुनेछ।’ विष्टले प्रतियोगिताको आधिकारिक मिति घोषणा भने राखेपको बोर्ड बैठकपछि गरिने बताए। ‘१५ गते बस्ने बोर्ड बैठकबाट औपचारिक निर्णय हुनेछ’, उनले भने। सदस्यसचिव विष्टले लामो समयदेखि नियमित हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई ‘ट्र््याक’ मा ल्याउन पनि प्रतियोगिता २०७५ सालमै सुरु गर्नुको विकल्प नरहेको बताए। राखेपले फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, हक्कीजस्ता खेलहरू भने चैत २२ गतेदेखि नै सुरु गरिने जनाएको छ। कार्यक्रममा दलका नेता, जनप्रतिनिधि, प्रहरी, प्रशासन क्षेत्रका व्यक्तिहरूले प्रतियोगिता निर्धारित समयमै आयोजना गर्न आआफ्नो क्षेत्रबाट सघाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणमा एक अर्ब र प्रतियोगिता आयोजना गर्न ४३ करोड रुपैयाँ बजेट रहेको जानकारी पनि सदस्यसचिव विष्टले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *