केन्द्र सरकारले हामीलाइ पुर्ण अधिकार दिएको छैन् : गोरखा नगरपालीका मेयर, राजनराज पन्त



काठमाडाैँ, १२ चैत । स्थानिय तह गठन भएको दुइ वर्ष वितीसक्यो । तर, अझै बिकेन्द्रिकरण अन्त्य हुन सकेको छैन । शिक्षा, स्वास्थ्य, विकास निर्माणमा स्थानिय तहले हात हाल्नु पर्ने हो । तर, केन्द्रकै भर पर्नु परेको छ । यसैसन्दर्भमा गोरखा नगरपालीकाका मेयर राजनराज पन्तसंग मिलन दाहालले गर्नुभएको कुराकानिको सारसंक्षेपः

 


स्थानिय तह गठन भएदेखी अहिले सम्म के के काम गर्नुभयो ?

स्थानिय तह गठन भएदेखी अहिले सम्म धेरै कामहरु भएका छन् । सडक निर्माण, सडक कालो पत्रे गर्ने तथा ‍स्वास्थ्य चैकी नभएका ठाँउमा स्वास्थ्य चौकी निमार्ण गर्ने कार्यहरु भइरहेका छन् । खानेपनीको अभाव भएका स्थानमा खानेपानी पु¥याउनुका साथै धारा निर्माण गर्ने काम भएका छन् ।

शिक्षा स्वास्थ्य लगाएतमा केन्द्रको हस्तक्षेप गरिरहेको छ । खास कहाँनेर चुनौती हो । तपाइहरु कहाँ चुक्नुभयो ?

केन्द्र सरकार र प्रदेश सरकारले संविधानको नियम कानुन मान्नु पर्यो त्यही बमोजीम हामीसँग सम्मन्वयन गरेको गरेर अगाडि बढ्नुपर्ने तर सोचेजति समन्वय भने हुन सकेको छैन ।

केन्द्र सरकारले बजेटका छुट्याउने तथा काम कारबहीका बारेमा केन्द्र सरकारले हामीलाइ पुर्ण अधिकार दिएको छैन् हामीले बैठकमा कुरा राखेका छौ र हामीले केन्द्रको मुख नहेरी आफुले गर्नुपर्ने काम कारबाही भने गरिरहेका छौँ ।

नगरपालिकालाइ सम्वृद्धि बनाउन आगामी योजनाहरु के के छन् ।

सबै भन्दा पहिलो हामीले पर्यटन बृद्धि गर्ने कामलाइ पहिलो प्राथमिकतामा राखि सडक निर्माण, गुणस्तरिय शिक्षा स्वास्थ्य खानेपानीको सहज व्यबस्था गर्ने लगायतका कामहरु क्रमबद्ध रुपमा गर्ने योजना बनाएका छौ । र, हामी लागीरहेका छौँ ।

ताजा अपडेट