बेसीशहरलाई देशकै नमुना नगरपालिका बनाँउनेछौँ : मेयर गुमान सिँह अर्याल (अन्तर्वार्ता )



मुलुक संघिय संरचनामा गएसँगै बनेका स्थानिय तहमा बनेका स्थानिय सरकार र जनप्रतिनिधिले जनतासामु निर्बाचनताका दिएका आश्वासन पुरा गर्न नसकेको आरोप लाग्ने गरेको छ । यधपि लमजुङको बेसीशहर नगरपालिकाले भने जनताको मन जित्नेगरी काम गरीरहेको चर्चा चल्ने गरेको छ । पर्यटकिय क्षेत्र घलेगाँउको प्रबेशद्दारको रुपमा समेत चिनिने यस नगरपालिकाको विकास निर्माण र जनताका सेवासुविधाका सन्दर्भमा के कस्तो काम गरीरहेको छ भन्ने सम्बन्धमा रहेर बेसीशहर नगरपालिकाका मेयर गुमान सिँह अर्यालसँग लाल्टिन खबरले गरेको कुराकानि को सारांश :

कस्तो चल्दैछ नगरपालिकाको बिकास र सुधारकाे काम ?

द्रुत गतिमा काम भईरहेको छ । हामीले बिभिन्न २४ स्थानमा सडक कालोपत्रे गरीसकेका छौँ । दलित बस्तीमा खानेपानी आयोजना बिस्तारको का म धमाधम भईरहेको छ । बिपन्न तथा अति विपन्न बस्तीमा खरको छाना हटाउने र जस्तापाता राख्नेकाम चलिरहेको छ यसमा ६० प्रतिसत सम्म काम सम्पन्न भईसकेको छ । आधारभुत बिधालय र माबिमा डिजिटल हाजिरीको व्यबस्था भईसकेको छ । बिधालयमा कम्पयुटरका लागि सोलारको व्यबस्था गरेका छौँ भने स्वास्थ्य सँन्स्थामा समेत सोलारको व्यबस्था गरेका छौँ । ५६ वटा ऐन, नियम,निर्देशिका बनाईसकेका छौँ । ९ नगरप्रहरीको व्यवस्था गरेका छौँ ।

सेवा प्रवाहको क्षेत्रमा कस्तो परिवर्तन भएको छ ?

न्गरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनकन लागि सबै बडामा डिजिटल हाजिरी लागु गरेका छौँ । भ्रष्टभार सून्य नगरको लागि डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । सेवा प्रवाहलाई चूस्त बनाएर नगरबासीलाई सेवा प्रबाह गरीरहेका छौँ । जुन प्रभाबकारी बन्दै तएको छ भने नगरवासी समेत सेवा प्रबाहबाट सन्तुष्ट हुन सकेका छन ।

फोहोर व्यवस्थापनमा तथा स्वच्छता कायम गर्ने के कस्ता योजना नगरपालिकासँग छ ?

यसका लागि बिश्व वैँकसँगको सहकार्यमा निजि क्षेत्रलाइ व्यबस्थापनको जिम्मेवारी दिईएको छ । यसका लागि कुहिने फोहोर र नकुहिने फोहोर छुट्टै राख्ने र फोहोरबाट ग्यास निकाल्ने गरी ग्यास प्लान्ट समेत बनाउने योजना छ । नगरक्षेत्रमा ३५०० डस्बिनको व्यबस्था रहेका छ ।

सडकको व्यबस्थापनका योजना के कस्ता छन ?

सडकमा सडक बत्ति राख्नका लागि २८७ सडकबत्ति राख्ने काम भईरहेको छ । रिङरोड बनाउने काम प्रकृयामा छ । पर्यटकिय स्थल घलेगाँउ जाने ५ ठाँउको बाटोको पहिचान गरी सुधारका काम अगााडि बढाएका छौँ ।

विकास बजेट कति प्रतिशत खर्च भयो ?

हामिले चालू आर्थिक बर्षमा नगरसभाबाट बिनियोजन गरेको बजेटको ९५ प्रतिशतसम्म उपयोग गरीसकेका छौँ । विकास खर्चको ६० प्रतिसतसम्म उपयोग गरेका छौँ । हाम्रोमा बेरुजु र पेस्की छैन ।

सरकारको सहयोग कत्तिको छ ?

केन्द्र सरकारले कर्मचारी व्यबस्थापनमा गरेको ढिलाईका कारण नगरपालिकाको कार्यसम्पादनमा असर परेको छ । जसल गर्दा कतिपय सेवा प्रवाहमा समस्या परेको छ । त्यस्तै बजेटको क्षेत्रमा केही समस्या देखिएको छ । अन्यथा हामीले आबश्यक कर्मचारी र बजेट व्यबस्थापन भएको अबश्थामा नगरको विकासलाई नमुना रुपमा अगााडी बढाउन सक्षम छौँ ।

नगरको विकासमा के कस्ता रणनिति रहेका छन ?

हमािले बिशेषत ५ रणनितिलाई प्राथमिकतामा राखेर काम गरीरहेका छौँ । यस्ता रणनितिमा शिक्षा,उधम,राजस्व सुधार,कृषि र पर्यटनलाई द्रुत गतिमा अगााडि बढाउने हाम्रो योजना छ ।

ताजा अपडेट