Sat. Apr 20th, 2019

सम्पुण कार्यक्रम स्थगित गरेर पिडितलाई भेट्न आँधी प्रभावित जिल्ला जाँदै प्रधानमन्त्री

काठमाडौं । गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्व्निर्धा्रित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।

प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् । झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।

आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्व्निर्धा्रित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *