राप्रपा संयुक्तको प्रवक्तामा जित जंग क्षेत्री



दाङ जिल्लामा राप्रपसंयुक्तको जिल्ला समायोजन कार्यक्रम तथा जिल्ला स्तरीय भेला सम्पन्न भएको प्रबक्ता जित जंग क्षेत्रीले बताउनुभएको छ। राप्रपा सयुक्तका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री फत्तेसिह थारूको अध्यक्षतामा भएको जिल्ला स्तरीय भेलाले अागामी पाटीको अधिबेसन सम्म अालो पालो गर्ने भद्र सहमतिका अाधारमा जिल्ला अध्यक्ष हसराज केसी र नरेस जङ्ग राना रहनु भएको छ।

 

जिल्ला स्तरीय भेलाले हाल लाई दुबै जना अध्यक्ष तथा पदअधिकारीहरु समेत यथावत रहने गरि जिल्ला समायोजन सम्पन्न भएको छ।यस अघि डा. प्रकाश चन्द लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रबादि) र पशुपति शमशेर ज.बा.राले नेतृत्व गरको राप्रपा (प्रजातान्त्रिक) दल बिज पाटी एकीकरण गरेर राप्रपा सयुक्त बनेको छ।

जिल्ला समयोजन सँग चैत मसान्तसम्म दस वटा पालिकाहरुमा समेत एकीकरण गरिसक्ने राप्रपा सयुक्तका जिल्ला प्रवक्ता जित जंग क्षेत्रीले बताउनु भएको छ।

ताजा अपडेट