Sat. Apr 20th, 2019

यि हुन रणविर कपुरसँग यौन सम्पर्क राख्न चाहने चर्चित बलिउड अभिनेत्री कंगना

काठमाडौँ । फिल्म क्षेत्रमा प्रबेश गरेलगतै बलिउडकी सुन्दर अभिनेत्री कंगना रनौतलाई ब्यूटि क्वीन भनेर सम्वोधन गर्ने गरिन्थ्यो तर पछिल्लो दिनमा उनलाई कन्टोभर्सी क्विनका रुपमा सम्वोधन गर्न थालिएको छ ।दीपिका पादुकोण, प्रियंका चोपडाजस्ता बलिउडका चर्चित अभिनेत्रीहरु विवाह बन्धनमा बाँधिएपछि कंगना सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् ।

उनले पछिल्लो आफ्नो फिल्ममा २४ करोड रकम लिएकी छिन् । बलिउडकी चर्चित अभिनेत्री कंगनाको एक अभिब्यक्ति फेरी विवादमा परेको छ । उनले रणविर कपुरसँगको आफ्नो सम्बन्धलाई लिएर उनले सार्वजनिक अभिब्यक्ति दिएकी छिन् ।

आफ्नो ३२ औं जन्मदिन मनाउँदै गर्दा उनले रणविर कपुरसँग कुनै समय आफुले यौन सम्पर्क गर्न चाहेको बताएकी छिन् । अभिनेता ऋतिक रोशनसँगको सम्बन्ध विवादमा परेलगतै उनले ४४६ पेज लामो इमेल लेखेकी थिइन । मेलमा उनले रणविर कपुरको जिकिर गरेकी थिइन ।

त्यही बिषयलाई लिएर उनले आफ्नो पुरानो चाहनालाई दोहरयाएकी छिन् । –म रणविर कपुरसँग यौन सम्पर्क गर्न चाहन्थे तर हाम्रो मन मिलेन उनले भनिन् –म एक पटक मात्र शारिरिक सम्बन्ध जोड्न चाहन्थे तर रणविरले लामो समयसम्मलाई रोजे, मैले स्वीकार गर्न सकिन ।

उनले रणविर कपुरका बिषयमा अन्य कुरा पनि बोलेकी छिन् । ‘ फिल्म ‘क्विन’ को सफलता भन्दा अगाडि रणबीर कपूर मलाई वास्ता गर्दैनथे ।

तर, फिल्मको सफलतापछि ‘ग्वालियर मे रिवालवर रानी’ को शुटिङको समयमा रणबीर मसँग नजिकिन खोजेका थिए । मैले उनलाई आफू सम्बन्धमा रहेको जानकारी गराएपछि उनीसँग मेरो केहि समय कुराकानी भएन ।’

पछि आफु अमेरिका भएका बेला रणवीरले कुरा गरेको बताएकी छिन् । म न्यूयोर्कमा भएको समयमा रणबीरले सोधेका थिए,‘न्यूयोर्क सिटी कस्तो छ ? त्यसपछि कंगनाले उनलाई सोधेकी थिइन्, ‘के तपाई शारीरिक सम्बन्ध राख्न चाहानुहुन्छ ? उनी थोरै अकमकाए र भने, ‘लामो समयसम्मको सम्बन्ध किन हुँदैन ? तर, मैले उनलाई इन्कार गरिदिए ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *