Sat. Apr 20th, 2019

विकास निर्माणमा फड्को मार्दै दंगीशरण गाउँपालिका

दाङ चैत्र २४। दाङको दंगीशरण गाउँपालिकाले विकासमा फड्को मारेको छ । गाउँपालिकामा रहेका दुईसय ५० योजनामध्ये ६२ प्रतिशत योजना कार्यान्वयनका लागि अगाडी बढिसकेको योजना शाखा प्रमुख मस्तविर चौधरीले जानकारी दिए।

गाउँपालिकाका पूर्वाधार तथा विकास निर्माण योजना अन्तर्गत अन्य सार्वजनिक तर्फका २३ वटा योजनाहरु मध्ये १४ वटा योजनाहरुको निर्माण कार्य भईरहेको छ । त्यसैगरी ८७ वटा सडक तथा पुल निर्माण तर्फका योजनाहरुमध्ये ६२ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा अघि बढेका छन् ।

त्यस्तै ११ वटा खानेपानीका योजना मध्ये ४ वटा योजनाहरुको सम्झौता भईसकेको योजना शाखा प्रमुख चौधरीले जानकारी दिए । त्यसैगरी बिद्युत संरचना,पूँजीगत सुधार र सार्वजनिक निर्माण,भवन निर्माणको काम भईरहेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए ।

जसका लागि ८ करोड ५४ लाख ५५ हजार बजेट विनीयोजन भएको उनले बताए । यस्तै वडास्तरका योजनाहरुमा १ सय १६ वटा योजना सम्झौता भई ६६ प्रतिशत भन्दा बढि योजना कार्यान्वयनको चरणमा रहेको छ । वडा न. १ का अध्यक्ष श्रीप्रशाद चौधरीका अनुसार वडा न.१ मा विकाश योजनाका ३० वटा योजना रहेका छन् ।

जसमा १५ वटा योजना सम्पन्न भईसकेका छन् भने ६ वटा निर्माणाधिन अवस्थामा रहेका छन् र ८ वटा शुरु हुने प्रक्रिायामा रहेका छन् । जसका लागि ७३ लाख ६५ हजार वजेट विनियोजन गरिएको छ ।

त्यस्तै वडा न.२ का अध्यक्ष तुलसीराम देवकोटाका अनुशार वडामा विकाश निर्माण योजनाहरु ३२ वटा रहेका छन् । जसमा १८ वटा योजना स्टिमेट भईसकेका छन् भने ८ वटा योजना सम्पन्न भईसकेका छन् । यसका लागि एक करोड ५ लाख ५५ हजार रुपैया विनीयोजन भएको छ ।

वडा न. ३ का अध्यक्ष पुर्ण बहादुर चौधरीका अनुशार वडा मा जम्मा ३४ वटा बिकास निर्माणका योजना परेका छन् जसमा १५ वटा योजना स्टिमेट भईसकेको छ भने २ वटा योजना सम्पन्न भईसकेको छ । यसका लागि १ करोड ६१ लाख ३० हजार बजेट विनीयोजन भएको छ ।

वडा न. ४ का अध्यक्ष नेव बहादुर कवँरका अनुशार वडा मा विकाश निर्माणका ३९ वटा योजना रहेका छन् । जसमा १६ वटा योजना स्टिमेट भईसकेको छ भने १९ वटा योजना सम्पन्न भईसकेका छन् । यसका लागि ८७ लाख ९० हजार बजेट विनीयोजन भएको छ ।

वडा न. ५ का वडा अध्यक्ष दिपक गौतमका अनुशार वडामा विकाश निर्माणका २९ वटा योजना रहेका छन् । जसमा ५ वटा स्टिमेट भईसकेका छन् भने १३ वटा योजना सम्पन्न भईसकेका छन् । ६ वटा सम्झौता भई कार्यान्वयन तर्फ गईसकेको छ । यसका लागि ९१ लाख १५ हजार वजेट विनीयोजन भएको छ ।

वडा न. ६ का अध्यक्ष टंक बहादुर वलीका अनुशार वडा मा जम्मा २५ वटा विकास निर्माणका योजनाहरु रहेका छन् । जसमा २४ वटा स्टिमेट भईसकेको छ भने ८ वटा योजना सम्पन्न भइसकेको छ । यसका लागि १ करोड ६० लाख बजेट विनियोजन भएको छ ।

वडा न ७ का अध्यक्ष विर बहादुर वलीका अनुशार वडामा २३ वटा विकास निर्माणका योजनाहरु रहेका छन् । जसमा २१ वटा सम्झौता भएर कार्यान्वयन तर्फ अगाडि बढेको छ भने ६ वटा योजना सम्पन्न भएका छन् । यसका लागि १ करोड २१ लाख ५ हजार बजेट बिनीयोजन भएको छ ।

 वडा स्तरका योजनाहरुको झण्डै ६० प्रतिशतको हाराहारीमा कार्यान्वयन प्रक्रिया तर्फ अगाडि बढेको बताईएको छ । यस्तै गाउँपालिकाको बिषयगत शिक्षा,महिला बालबालीका, स्वास्थ्य,कृषि र पशु सेवाको कामहरु पनि भइरहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *