त्रिभुवन चोक भत्काएर सुन्दर चोक निर्माण गरीदै



बाँके चैत २६ । नेपालगन्जको मुख्य बजार सदरलाइनस्थित त्रिभुवन चोक फेरिने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले ऐतिहासिक चोकको सौन्दर्यका लागि नयाँ संरचना निर्माण गर्ने भएको छ।

त्रिभुवन चोक जीर्ण अवस्थामा पुगेकोले यसलाई पुरै भत्काएर सुन्दर चोक निर्माण गर्न लागिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए। चोकको शालिक राख्ने संरचना जिर्ण अवस्थामा पुगेकाले नयाँ बनाउन लागिएको हो,’ अध्यक्ष भने, अव ‘शालिक राख्ने व्यवस्थित र आधुनिक संरचना तयार गरिने छ ।

तर कस्को शालिक राख्ने भन्ने चाहिं आफ्नो सरोकारको विषय नहुने बताए। अध्यक्षका अनुसार, चोक नै उज्यालो हुने गरि ठुलो लाइट राखिने नयाँ संरचनामा राष्ट्रिय झण्डा फहराउने र शालिक राख्ने ठाउँ बनाइने जानकारी गराए। चोकको ऐतिहासिक पक्षलाई मर्न नदिने गरि त्यसलाई सुन्दर र आधुनिक बनाउन खोजिएको हो,’ अध्यक्ष बैश्य भने।‘कुरुप अवस्थाको चोकलाई सुन्दर बनाउनमात्र खोजिएको हो,’ अध्यक्ष बैश्यको भनाइ रहेको छ, ‘सडकहरु चौडा र चिल्ला भएपछि कुरुप चोकहरु सुन्दर बनाइनुपर्छ।

राजा त्रिभुवनको शालिक राखिएको नेपालगन्जको पुरानो उक्त चोकको शालिक २०६२/०६३ मा जन-आन्दोलनको आक्रोशको निशाना बनेको थियो । मधेस आन्दोलनका क्रममा त्रिभुवनको शालिक थप तोडफोडमा परेपछि मधेस आन्दोलनका सहिद कमल गिरिको नाममा नामाकरण दबाव बढेको थियो ।

जिर्ण अवस्थाको शालिक राख्ने ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो । सोमवार राती शालिक राख्न बनाइएको ठाउँ डोजर लगाएर भत्काइएको छ । त्यससँगै उक्त ठाउँमा राजा त्रिभुवनकै शालिक पुनःस्थापना गर्न दवाबसमेत बढेको छ । कतिपयले भने ऐतिहासिक संरचना भत्काएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

साथै संघले सुर्खेतरोडस्थित कारकादो चोकमा औद्योगिक स्मारक सहितको घण्टाघर निर्माणका लागि पनि पहल लिएको छ ।

ताजा अपडेट