Sat. Apr 20th, 2019

रामेछापको मन्थली विमानस्थलमा पर्यटकको चाप, लुक्ला उडानमा हालसम्मकै रेकर्ड ब्रेक ! (भिडियो सहित)

रामेछाप । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा धमाधम भईरहेको स्तरोन्नतीका कारण रामेछापको मन्थली विमानस्थलमा यात्रु र पर्यटकको चाप बढेको छ । बिमानस्थल सञ्चालनमा आएपछि यात्रु र उडानको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड समेत तोडेको छ । विमानस्थलबाट एकै दिनमा ४५ वटासम्म उडान भएको बिमानस्थल कार्यालयले लाल्टिन खबरलाई जानकारी दिएको छ । बिमानस्थलबाट सोमवारदेखि लुक्लाको उडान सुरु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछापका प्रमुख अमित कुमार चौरसियाका अनुसार यसअघि दुई ÷चारबटा मात्र कार्गो बिमान उडान हुने गरेकोमा हाल दैनिक ३० वटासम्म उडान हुने गरेको छ । उडानमा मौसमले साथ दिएपछि एकैदिन ४५ वटासम्म उडानको उच्च रेकर्ड बनेको उनले जानककारी दिए ।

यसरी एक्कासी उडान थपिँदा समेत व्यबस्थापनमा कुनै समस्या नरहेको बिमानस्थलको दाबि छ । उड्ययन प्राधिकरण रामेछापका प्रमुख चौरसिया भन्छन, ‘बिहानबाटै उडान धमाधम भइरहेको छ, मन्थली विमानस्थलमा त्यस्तो समस्या छैन ।’

अहिले बिमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरु लुक्ला जान विमानस्थलमा पुग्ने गरेका छन् । यस अघि मन्थलीबाट लुक्ला दैनिक २५ फ्लाइटसम्म हुँदै आएको थियो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल मर्मतको लागि तीन महिना दैनिक दश घन्टा बन्द भएसँगै पर्यटकिय सिजनमा अझै चाप बढ्ने देखिन्छ । प्राधिकरणले लुक्लाको उडानका लागि विकल्पमा मन्थलीबाट बिमानस्थललाई छनोट गरेको हो । लुक्ला उडान सुरु भएसँगै उडान र व्यबस्थापनामा कुनै समस्या नरहेको भएतापनि स्तरीय होटलको समस्या भने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *