कुलमान घिसिङले ६० लाख भक्ता लिएको भन्ने सरासर झुट हो ,बिरोधि सलबलाउन थाले : प्रबल अधिकारी ,प्रवक्ता नेपाल बिधुत प्राधिकरण



काठमाडाैँ, २७ चैत । नेपाल बिधुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ लगायतका प्राधिकरणका अधिकारीहरुले बैठक नबसि भक्ता लिएको भन्ने बिषय अहिले सर्बत्र चर्चाको बिषय बनेको  छ ।

प्राधिकरण प्रमुख घिसिङले अनाबश्यक अफबाह फैलाएको भन्दै प्रमाणित गर्न भन्दै चुनौती दिईसकेका छन । यसै सन्दर्भमा प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीसँग लाल्टिन खबरकर्मि मिलन दाहालले गरेको  कुराकानीको सारांश :

प्राधिकरण प्रमुख सहित सिंगो कमिटिलाई नै आर्थिक अनियमितताको आरोप लाग्यो  नि ,के हो यसको बास्तविकता रु

अब यो बिषयमा तीन पहिले बिधुत प्राविधि करणले पत्रकार सम्मेलन गरी प्रमुखले पनि यस कुरालाई स्पष्ट पारी सक्नुभयो  । यसमा म के थप्न चाहन्छु भने  मिटिङ नै नभएर भत्ता लिएको भन्ने जुन कुरा छ त्यो सत प्रतिशत गलत हो  ।

एक जना दुई जना मिलेर तलमाथि गर्यो होला भन्न शंका गर्न सकिन्छ  ।तर, एउटा कमिटी छोटो समयका लागि अधिकारीहरुले जिम्मेवारी पाएका हुन्छन जसको भबिष्यसँग  समेत सरोकार राख्ने हुन्छ । यो सम्भब बिषय नै होईन ।यसलाई प्रमाणित गर्ने बिभिन्न निकायले  छानबिन गरेर सत्यतथ्य पत्तालगााउन सक्दछन ।

त्यसैले सबैले त्यस्तो कार्य त कहिले पनि गर्दैन् । यहाँ बिभिन्न कामहरु जुन सधै गर्ने कामहरु सँग सँगै गर्नुपर्ने हुन्छ जसमा बिभिन्न बिशेषज्ञहरुको आबश्यक्ता पर्छ । जस्तो म चाँही पावर टेकको भए कुनै बिषय पावर टेकको बिज्ञताले मात्रै समाधान नहुने खालका बिषय हुन्छन् कानुनी राय आबश्यक हुन्छन् । आर्थिक रायहरुको आबश्यक हुन्छ ।

जुन चाहीँ बिभिन्न पक्षबाट हेर्नुपर्ने भएकाले कमिटीहरु बनेका हुन्छन् कुनै कमिटीहरु जसलाइ सधै गरिरहनु पर्ने हुन्छन् भने कुनै चाही अचानकका कमिटीहरु हुन्छन्  मानौँ कतै दुर्घटना भइदियो भने बिज्ञहरुको कमिटी गठन र्गनुपर्ने हुन्छ । यो ठुलो प्रणालीको संस्था भएका कारण त्यस्ता खालका बिभिन्न नेचरका कमीटीहरु गठन भएका हुन्छन् र त्यस्ता कमिटीहरु अधिकार प्राप्त अधिकारीले स्वीकृत गरेको हुन्छ ।

संचालक समितीले स्वीकृत गरेको बैठक हुन्छ । कुनै बिधुत प्राधिकरणका कार्यकारी अधिकृतले गठन गरेका कमिटीहरु हुन्छन् । जुन कमिटी गठन भएका हुन्छ ती सबै कमीटीहरु अधिकार प्राप्त अधिकारीले स्वीकृत गरेका हुन्छन् ।

जुनचाँही आफ्नो दायरा भित्रका कार्यहरु गराउनको लागी गठन गरिएका कमिटीहरु हुन् । त्यसैले यो मिटिङ नै नबसेर भत्ताहरु  लिने भन्ने कुराहरु बिल्लकुलै गलत हो । यो ठुलो प्रणलीको संस्था भएकोले यस लाइ बिभिन्न निकायहरुले यसलाइ हेरिरहेका हुन्छन् ।

यसमा किन तपाइहरुको नाम जोेडिन पुग्यो त रु कि बिरोधिहरु सलबलाए रु

हामी देश बनाउने भनेर लागेका मानिसहरु एउटा भत्तामा गएर अड्किने र बस्दैन बसेको बैठकको भत्ता लियो भन्ने कुरा जुन किसीमबाट आयो यो एक्दमै गलत हो जस्तो लाग्छ । हाम्रा शुभ चिन्तक छन् जसले चाँही यस्तो प्रकारको नहुनुपर्ने थियो भन्ने चाहानुहुन्छ उहाँहरुलाइ यो एकदमै गलत हो भन्न चाहान्छु । हामी जसलाइ देशले आशा गरिरहेको छ । जनताले आशा गरेका छन् ।

त्यसैले हामीले नै त्यस्तो गर्नलाग्यौ भने कस्तो प्रकारको वातावरण रहला त्यसैले गर्दा जुन मानिसहरुलाइ यस्तो लागेर समाचारहरु सम्प्रेषन गरेका छन् ।  जसले त्यस्ता समाचारहरु लेख्न उत्प्रेरित गरिरहेका छन्  ती व्यक्तीहरुमा यस्तो धारण कसरी आयो होला भन्ने कुरामा चकित छौ किन भने संस्थालाइ नाफामा लैजाउ ग्राहकहरुलाइ बढी सुविधा दिउ भनेर लागेका हामीहरुलाई आरोप लगाउन यस्तो खालका धारणा आयोहोला भन्ने कुरामा हामी आफै चकित छौँ  ।

होईन भन्ने आधार के हुनसक्छन रु

सञ्चारमाध्ययम मार्फत जुन कुरा बाहिर आयो त्यस्तो कदापी हुन सक्र्दै त्यसको लागी कठिन परिक्षाहरु  दिनुपर्यो भने पनि हामी तयार छौ । जुन पैसा खाएको भन्ने कुरा आएको छ त्यो हुदै हैन् त्यसलाइ कतिले हिसाब गरेर हालेको छ । त्यसमा तलब पनि हालेको छ । मेरो केशमा मैले त हेरेको छैन किन हेरिन भने किन भने म त्यस्तो खाल काम गरेको छैन ।

नबसेको मिटिङको भत्ता खाने कुरा भएन । मलाई जुन भत्ता दिइन्छ त्यो मैले मागेर दिने पनि होइन् । त्यो चाँही बिधिगत रुपमा कमिटीहरु गठन गरेर जुन कर कटाएर चेक काटेर दिएको हो भनेपछि त्यो मलाइ जुनसुकै सतितीले अडिट गरोस् त्यसमाम जादैँ जान्न  ।

तर, मेरो त्यत्रो पैसा त नहुनुपर्ने के भएको रछ त्यो चाहीँ हेर्दीनुहोला मलाइ विवरण देखाउनुपर्दैन जे जवाफ दिनुहुन्छ दिनुहोला भनेको छु । मलाइ के अचम्म लागेको छ भने जुन अघिल्लो वर्षको रकमलाइ पनि यही सालमा जोडेर त्यस्तो भएको रहेछ । यसका लागि हामी जस्तोसुकै कठिन परिक्षाको सामना गर्न तयार छौँ ।

ताजा अपडेट