Sat. Apr 20th, 2019

कतै तपाईले लगाएको ब्रा कसिलो त छैन ?

ब्रा महिलाले लगाउने महत्वपूर्ण भित्री वस्त्र हो। तर पछिल्लो समय कतिपय युवतीले आफूलाई आकर्षक देखाउन ब्रालाई फेसनको रुपमा प्रयोग गर्न थालेका छन्। उनीहरुले आफूलाई राम्रो देखाउन कसिलो ब्रा लगाउने गरेको छन्।

आफ्नो साइजको भन्दा सानो ब्रा लगाउँदा काँध दुख्ने, गर्धन दुख्ने जस्ता समस्याहरु देखिनुका साथै लामो समयसम्म कसिलो ब्रा लगाउँदा छातीमा रगत सञ्चालनमा समस्या हुनुका साथै टाउको र गर्धनमा रक्त प्रवाह रोकिँदा टाउकोमा समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन्।

कसिलो ब्राको प्रयोगबाट काँधमा गहिरो दाग बसी त्यसबाट दादको संक्रमण हुने, पोल्ने जस्ता छालाको समस्या समेत हुन सक्ने चिकित्सकहरुको भनाई छ। साथै राति सुत्दा ब्रा लगाउन नहुने उनीहरुको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *