Sat. Apr 20th, 2019

करिब २ करोडको लागतमा काठमाडौंका मुख्य मुख्य सडकमा, सडक पुर्वाधार निर्माण हुदैँ

काठमाडौं,२८ चैत । काठमाडौंका मुख्य मुख्य सडकमा सडक पुर्वाधार निर्माणको तयारी सडक विभागले गरेको छ ।

सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले करिब २ करोड रुपैयाँ लगानी गरि सडक पुर्वाधार निर्माण गर्न लागेको हो ।

चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी काठमाडौं उपत्यकाका विभिन्न मुख्य–मुख्य सडकमा रेलिङ राख्ने, प्लास्टीक ब्यारियर, ट्राफिक कोन, ट्राफिक स्टलहरु राखिने शाखा प्रमुख दिप बाराहीले जानकारी दिए ।

हाल उक्त योजनाका लागि टेन्डर खुल्ला गरिएको छ । टेन्डरका लागि २ कम्पनीले आवेदन भरेका छन् । विभागले कम्पनी छनोटका लागि अध्ययन भइरहेको जनाएको छ ।

पीआर-विनायक जेभी र ट्रयागन-गल्वा-कोशी कम्पनीले सो पूर्वाधार निर्माणका लागि आवेदन दिएका हुन् ।

गौशला, एयरपोर्ट, माइतीघर बानेश्वर, सिंहदरवार, जयनेपाल लगायतका मुख्य–मुख्य सडक खण्ड आउँदो असार मसान्तसम्म सम्पन्न हुने गरी पुर्वाधार निर्माण गरिने उनले बताए ।

‘यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी योजना अघि बढाइने छ, वैशाख भित्र ठेक्काको काम टुङ्गो लाग्यो भने २ महिना भित्र निर्माणको काम सकिन्छ,’ बाराहीले मेरोअटोसँग भने ।

उनका अनुसार पेन्ट र रोड सेफ्टीका पुर्वाधार मात्र निर्माण गर्नुपर्ने भएकाले निर्माणका लागि धेरै समय लाग्ने छैन् ।

‘पेन्टिङ गर्ने काम हामी राती गर्ने छौँ, त्यसमा कसैलाई समस्या हुन्न, समयमा सडक सुरक्षाका पुर्वाधार आइपुग्यो भने काम सकिन धेरै समय लाग्दै,’ बाराहीले भने ।

सडक पुर्वाधार निर्माण अन्तर्गत ९ हजार ९ सय स्क्वायर मिटरमा जेब्राक्रसिङ पेन्ट गरिने छ ।  काठमाडौं उपत्यका भरी सडक पुर्वाधार निर्माण गर्न करिब १० करोड बजेट आवश्यक पर्ने उनले बताए ।

रोड सेफ्टीका लागि सरकारले १६ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेटको १० करोड रुपैयाँ पुराना योजनाहरुमा खर्च भएकाले हाल शाखाले ६ करोड रुपैयाँबाटै सडक सुरक्षाको पूर्वाधार निर्माण गर्नु पर्ने अवस्था रहेको बाराहीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *