बहुप्रतिक्षीत चलचित्र ‘दालभात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियो ‍सहित)



बहुप्रतिक्षीत चलचित्र ‘दालभात तरकारी’को ट्रेलर सार्बजनिक भएको छ । बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् । चलचित्र बैशाख २० मा रिलिज हुँँदैछ ।

चलचित्रमा हरिवंश आचार्य र निरुता सिंह फिल्ममा पती-पत्नीको भूमिका छन् भने पुष्प खड्का र आँचल शर्मालाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । साथै बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी लगायतका कलाकारहरुको अभिनय यस चलचित्रमा देख्न सकिन्छ । हरिवंश आचार्यले कथा, पटकथा तथा संवाद लेखेको यस चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माता रहेका छन् भने दिर्घ गुरुङले छायांकन गरेका छन् ।

नेपाल रिलिज नहुँदै विदेशमा समेत चर्को माग रहेको छ भने अस्ट्रेलियाको सर्वाधिकार बिक्रि भैसकेको छ । निर्माता एवं कलाकार किरण केसीका अनुसार उक्त फिल्म ४५ लाखमा अष्ट्रेलियामा विक्री गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका विपिन बस्नेत र इराकु लामाले चलचित्रको सर्वाधिकार खरिद गरेका हुन् । ट्रेलर भिडियो :

ताजा अपडेट