Sat. Apr 20th, 2019

मेट्रो ट्राफिक एफएमको फ्रिक्वेन्सी परिवर्तन, अब ९५.५बाट प्रसारण हुने

काठमाडौं । मेट्रो ट्राफिक एफएमको फ्रिक्वेन्सीमा परिवर्तन भएको छ । नेपाल प्रहरीले संचालन गर्दै आएको एफएमको ९५.६ मेगाहर्जको फ्रिक्वेन्सीलाई परिवर्तन गरी ९५.५बाट प्रसारण गरीने भएको हो ।

ट्राफिक प्रहरीका प्रबक्ता जयराज सापकोटाका अनुसार सुचना तथा प्रसारण विभागको निर्देशन बमोजिम वैशाख १ गतबाट फ्रिक्वेन्सी परिवर्तन गरी ९५.५ मेगाहर्जबाट प्रसारण गर्न लागिएको हो ।

एफएमले ट्राफिक व्यवस्थापन, सडक शुरक्षा , सामाजिक शुरक्षा र मनोरन्जनका लगाायतका समाचार सम्प्रेशण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *