दण्डपानि अर्ज्याल स्मृति केन्द्रको पुस्तक ‘ज्ञानबिन्दु भाग –१२’ सार्वजानिक ( तस्विर र भिडियो सहित )



काठमाडौं । दण्डपानि अर्ज्याल स्मृति केन्द्रको पुस्तक ‘ज्ञानबिन्दु भाग –१२’ सार्वजानिक भएको छ । कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच पुस्तक सार्बजनिक गरीएको हो । पुस्तकलाई दण्डपानि अर्ज्याल स्मृति केन्द्रले बजारमा ल्याएको हो ।

पुस्तकमा योगा, साहित्य ,कविता ,सँस्कृति लगायतका बिषय समेटिएको छन । पुस्तकलाई प्राज्ञ बिष्णु प्रभात,कपिल चन्द खनाल र गीता रेग्मीले सम्पादन गरेका हुन् । कार्यक्रममा चर्चित साहित्यकार, लेखक तथा बिभिन्न क्षेत्रका चर्चित व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम बिच याेगबिद तथा प्राकृतिक चिकित्सा र उपचार पद्दतिका सामाजीक अभियान्ता डा. हरि प्रसाद पाेखरेल “मानसाग्नि”लाई ‘दण्डपानि अर्ज्याल स्मृति पुरस्कार’ ले सम्मान गरीएको थियो ।

उक्त पुरस्कारको राशी नगद २५ हजार रहेको छ । मानग्सीले योगपद्धती अर्थात प्राकृतिक चिकित्सा बिज्ञानलाई अगाडि बढाउन र त्यसको बिकासमा धेरै सहयोग र योगदान पुर्याएकोमा उनलाइ सम्मान गरिएको प्रज्ञा प्रतिष्ठानका पुर्वउपकुलपति प्राज्ञ बिष्णु प्रभातले लाल्टिन खबरलाई जानकारी दिएका छन ।

पुर्वउपकुलपति प्रभातले नेपालका शिव दर्शन ब्रहमन दर्शन बुद्ध धर्म पुरातत्व दर्शन हराउदै गएको र यसलाई बेवास्ता गरिएको र अन्य देशहरुले हाम्रा धर्म सँस्कृतिको सिको गरिरहेको अबस्थामा देशले त्यसतर्फ ध्यान दिन नसक्दा संरषणको क्षेत्रमा पछाडि पर्दै गएकोमा चिन्ता व्यक्त गरे ।

 

 

 

ताजा अपडेट