लाईभ बुलेटसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फ्रान्सेली नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका एकजना फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

पासपोर्ट नम्बर 14CK05182 वाहक फ्रान्सेली नागरिक ५४ वर्षीय ROGER EL KHOURY लाई १ राउण्ड लाईभ बुलेट ९ सर्ट गनमा प्रयोग हुने० सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थान कक्षको होल ब्यागेजको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त बुलेट फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट