नयाँ वर्षको दिन मात्र फुल्ने अचम्मको सुनाखरी फूल !



नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ।

प्रत्येक वर्ष बैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी।

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्।

लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।

यस फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्ष (बैशाख १ गते) माला आकृत फूल फुल्छ। यही दिन लाग्ने फूलवारी मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गर्छ। नयाँ वर्षको दिन मिथिलावासीको मन फूलवारीमा तानिन्छ। सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’को विशेष प्रजाति भएको लहानका वन तथा वातावरण सम्बन्धि जानकार दिनेश यादव बताउँछन्।

ताजा अपडेट