एपीएफ टोलीद्वारा भरुवा बन्दुक र छर्रासहित एक पक्राउ !



कञ्चनपुर । पुर्नबास नगरपालिका ११ डोके बजार ईलाकाबाट एपीएफ टोलीले एउटा भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको छर्रासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिकाको टाउके बजार बस्ने ५५ बर्षिय महेन्द्र शाही छन् । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कैलाली नम्बर ५३ गुल्मबाट खटिएको एपीएफ टोलीले निज शाहीलाई चैत्र ३० गते पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

ताजा अपडेट