Sat. Apr 20th, 2019

शसस्त्र प्रहरीले बरामद ग¥यो ठूलो परीणामको चोरीपैठारीको सामान

धनुषा । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा धुनषा नम्बर ९ गणबाट खटिएको एपीएफ टोलीले धनुषा जिल्लाको शहिदनगर नगरपालिका ४ ननुपट्टी महुलिया ईलाकबाट चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

एपीएफ टोलीले सोही नगरपालिका ३ यदुकुवा बस्ने २५ वर्षिय जितेन्द्र शाहलाई करीब १ लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित चैत्र ३० गते पक्राउ गरेको हो ।

एपीएफ टोलीले त्यसवेला निज शाहको साथबाट करीब २५ हजार रुपैयाँ, एउटा मोबाईल फोन र उक्त सामान ल्याउन प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका शाहलाई बरामद सामानसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

त्यस्तै मेचीनगर नगरपालिका १० धुलाबारीस्थित पूर्व–पश्चिम लोकमार्गबाट चैत्र २९ गते एपीएफ टोलीले करीब ३ लाख ४३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *