Sat. Apr 20th, 2019

सिक्टा सिँचाई आयोजनामा ठेकेदारकाे यती ठूलो अनियमितताको खास खुलासा !

काठमाडौं । सिक्टा सिंचाई आयोजनाको तटबन्ध भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको नै भएको देखिएको छ। ठेकेदार कम्पनी र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग भएका कारण आयोजनाको तटबन्ध भत्किएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको हो।

सिक्टा सिँचाईको पश्चिमतर्फको मूल नहर भत्किएर भएको क्षति छानबिन गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट गठित समितिले पेस गरेको प्रतिवेदनमा आयोजनाका विभिन्न काममा त्रुटी भएको देखिएको थियो।

आयोजनाको नहरको १७ देखि ३५ किलोमिटर खण्डमा केही स्थानमा तटबन्ध भत्केको, निर्मित सबैजसो ुएक्विडक्टुका ुविङ वालुहरुको लम्बाइ र उचाई कम भई पानी लिकेज भएको, नहरको वेड फुटेको, सर्भिस रोड भत्किनुका साथै खाल्डाखुल्डी परेको, नहरको स्लोप फुटेको र नहर लाइनिङ गर्न प्रयोग गरिएका स्ल्याबमा क्षति भएको देखिएको थियो।

नहर निर्माण गर्दा प्रयोग गरिएको माटोलगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने कर्तव्य परामर्शदाता, निर्माण व्यवसायी र आयोजना प्रमुखको भएपनि उनीहरुले मिलेमतो गरी परीक्षण नगरेका कारण बाँध भत्किएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार नहरको सो खण्डको हस्तान्तरण पश्चात् निर्माण व्यवसायीले त्रुटी सच्चाउने अवधिमा गर्नुपर्ने ६६ काम समेत गरेको देखिँदैन। ‘सुरुको त्रुटी सच्याउने अवधि १ वर्षभित्र निर्माण व्यवसायीले त्रुटी नसच्याएको र त्रुटी सच्याउने अवधिसमेत थप गरेको देखिएन,’प्रतिवेदनमा भनिएको छ।

‘नक्साअनुसार काम भएरनभएको परीक्षण गर्न गठित तीन समितिले काम नगरेको, आयोजना प्रमुखको पटकपटक सरुवा भई योजना कार्यान्वयनमा प्रभावकारी नभएको र पुराना ठेक्काको कार्यान्वयनमा प्रभावकारिता ल्याउनुको सट्टा थप नयाँ ठेक्का लगाएको देखियो। सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायी, आयोजना प्रमुख र परामर्शदातालाई जिम्मेवार बनाउनुपर्दछ,’महालेखाको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *