काठमाडौंमा चीनको सांस्कृतिक प्रदर्शनी ! नेकपा नेता महेश बस्नेतद्वारा कार्यक्रमलाई सम्बोधन



काठमाडौँ । चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपालकला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेतातथा सांसद महेश बस्नेत, नेपालका लागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशकयान फू छुले संयुक्त रुपमा सो प्रदर्शनीको उद्घाटन गरे । अतिथिहरुले प्रदर्शनीमा राखिएकापोष्टरहरु निक्कै चाखमानेर अवलोकन गरेकाथिए ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै हुनानप्रान्तको संस्कृतितथापर्यटन विभागकाउपनिर्देशक याङ फू स्यूले हुनानको कला नेपालमाप्रदर्शन गर्न पाउँदाखुसीलागेको बताए । हुनानप्रान्त सांस्कृतिकविविधताले भरिएकोले त्यहाँको संस्कृतिकलामार्फत प्रदर्शन गर्ने जमर्को गरिएको बताए । प्रदर्शनीबाट हुनानको इतिहास, संस्कृतिबुझ्न सहयोग पुग्ने उनले बताए । उनले हुनानअत्यन्तै सुन्दर भएकोले नेपालीहरुलाई घुम्न आउननिम्तापनिदिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालकालागिचिनिया राजदूतहौ यान्छीले आफू पनिहुनानपुग्न र हेर्न नपाएकोले प्रदर्शनीबाट धेरै कुरा जान्नपाएको बताइन् । सांस्कृतिक रुपमा सवल रहेको हुनानचिनिया नेतामाओको जन्म स्थान पनि भएको बताउँदै राजदूतहौले एक पटक घुम्नु पर्ने ठाउँ भएको बताइन् । केहीवर्ष यता बेल्ट एण्ड रोड क्षेत्रको व्यवहारिक सहकार्यमार्फत मजबुत गरेको दुई मुलुकको सम्बन्धलाई हुनान क्षेत्रको सांस्कृतिकपोष्टरहरुले पनिजोडेको उल्लेख गरिन् । उनले भनिन्, ‘आजको पोष्टर प्रदर्शनी एक महत्वपूर्ण कदमहो । यसले दुई मुलुकको सांस्कृतिकआदानप्रदानलाई बढावा दिनेछ ।’

कार्यक्रमलाई सम्बोधनगर्दै नेकपाका नेतातथा सांसद महेश बस्नेतले हुनानको सांस्कृतिकपक्षलाई नेपाल सामु पस्केको बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएकातस्विरहरुले हुनान संस्कृतिको विशेषताहरु झल्काएको छ, त्यहाँको आदर्श जीवनशैली, स्वभावसादगी, इमान्दारीता र आत्मविश्वास तथा यस क्षेत्रको सफलता र विकासलाई समावेश गरेको छ ।’ तस्विर अवलोकन गरेर आगन्तुकहरुले हुनानप्रान्तको आर्थिक तथाभौतिकपूर्वाधारको क्षेत्रमाभएको प्रगतिएवम् उन्नतीजान्ने मौकाप्राप्तभएको उनले बताए ।

प्रदर्शनीमाचीनकाकलाकारहरुसहित नेपालकाकलाकार, विद्यार्थी, मैत्री संस्थाकाप्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ तथाआमन्त्रितसहित करीब २ सय ५० जनाको उपस्थिति रहेको थियो । सो पोष्टर प्रदर्शनीमा नेपालस्थितचिनिया सांस्कृतिक केन्द्र तथाहुनानप्रान्तिय संस्कृति र पर्यटन विभाग, हुनानविश्वविद्यालयको ललितकला संकाय र हुनान रेड नेटको आयोजनातथानयाँ मिडिया कम्पनीको सहआयोजना रहेको छ ।

प्रदर्शनीमा ६० वटा पोष्टरहरु राखिएका छन् ।शनिबार उद्घाटन गरिएको प्रदर्शनीआइतबार पनिकला परिषद्माजारी रहनेछ भने सोमबार बिहान ९ बजेदेखि ५ बजेसम्मचिनिया सांस्कृतिक केन्द्रमाप्रदर्शनीगरिने आयोजकले जनाएको छ ।

ताजा अपडेट