प्रधानमन्त्री भन्छन –‘ढुक्क हुनुस आगामी बजेटमा वृद्धभत्ता बढ्छ !’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा नै सरकारले वृद्धभत्ताको रकम बढाउन लागेको बताएका छन्। ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमार्फत नै सरकारले वृद्धभत्ता बढाउन लागेको बताएका हुन्।

सरकारमा रहेको पार्टी नेकपाले आफ्नो चुनावी एजेण्डामा नै वृद्धभत्ता बढाउने उल्लेख गरेको थियो। तर, चालू आर्थिक वर्षको बजेटमा बृद्धभत्ता नबढाइएपछि अर्थमन्त्री डा युवराज खतिवडाको आलोचनासमेत भएको थियो।

‘अहिले बजेटको पूर्व तयारी चलिरहेको छ। आउँदो आर्थिक वर्षको बजेटले बृद्धभत्ता बढाउँछ। अर्थमन्त्री यहीँ हुनुहुन्छ। बजेट नआउँदै यस्तो कुरा भन्न त नहुने हो। तर लुकाएर लुक्ने कुरा पनि छैन। वृद्धभत्ता जुनसुकै अवस्थामा बढ्छ’, प्रधानमन्त्री ओलीले भने।

 

ताजा अपडेट