Sat. Apr 20th, 2019

प्रहरी र नक्सलबादीबी भिडन्त, ४ जनाको मृत्यु

झारखण्ड । भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । ‘दूर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सिआरपिएफले जनाएको छ ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *