Sat. Apr 20th, 2019

भएका कर्मचारी नै बढि भएको भन्दै स्थानीय तहले फिर्ता गरे केन्द्रले पठाएका कर्मचारी

काठमाडौं । सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन्। आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता गरिएका हुन्।

कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन्। मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *