Mon. Apr 22nd, 2019

जब बाँसको झ्याङमा भेटियो अमेरिकन पेस्तोल….

मोरङ । प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट १ थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो । प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा उक्त हतियार फेला पारिएको जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *