१ सय ६९ स्थानमा सशस्त्र प्रहरीको युनिट राख्न माग ! सशस्त्रमा जनशक्ति अभाव



काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) को युनिट थप १ सय ६९ स्थानमा राख्न माग भएको छ। विभिन्न आयोजना, कार्यालय तथा स्थानीयहरुले सशस्त्र प्रहरी बलको आवश्यकता रहेको भन्दै सशस्त्र प्रहरीको युनिट राख्न माग गरेका हुन्।

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आइजिपी शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालमा भएका कामकारबाहीहरुको जानकारी दिनेक्रममा सो कुरा बताएका हुन्।

विभिन्न राष्ट्रिय गौरवका आयोजना तथा सार्वजनिक आयोजनाहरु तथा हाइड्रोपावरमा विशेषगरी सशस्त्रको युनिट राख्न माग भएको उनले बताए।

तर, जनशक्ति अभावका कारण तत्कालै युनिट थप गर्नसक्ने अवस्था नरहेको उनले बताए। ३७ हजार १ सय १७ जना फौज रहेको एपिएफमा ७७ वटै जिल्लामा युनिटहरु छन्। ६० जिल्लामा स्थायी युनिट छन् भने १७ जिल्लामा अस्थायी युनिटहरु छन्।

यसभन्दा अघि ५८ जिल्लामा मात्रै सशस्त्रको उपस्थित थियो। जसमा ४५ जिल्लामा स्थायी र १३ जिल्लामा अस्थायी कार्यालय थिए।

५ बाहिनीमा ३ वटा थप गरी ८ बाहिनी बनाइएको छ। ५ तालिम शिक्षालयलाई ६ वटा प्रतास्वित तालिम शिक्षालय थप गरी ११ बनाइएको छ। २७ गणमा ९ वटा थप गरी २७ बनाइएको छ।

ताजा अपडेट